क्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते

काठमाडौँ – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो ।

दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइने बोर्डले जनाएको छ ।

शुक्रबार प्रकाशित नतिजाअनुसार आधाभन्दा बढी परीक्षार्थी ननग्रेडिङमा परेका छन् । लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्ने हुन्छ । तोकिएको अङ्कभन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी अर्थात नन ग्रेडेड भनेर लेखिने छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?