भृकुटीले गर्यो पहिलो ब्याज इलेक्ट्रिकलका विद्यार्थीको बिदाइ

महेन्द्रनगर । कञ्चनपुरको भृकुटी माद्यमिक बिधालयमा संचालित इलेक्ट्रिकल इन्जिनियरिङ्ग कार्यक्रमको पहिलो समुहका विद्यार्थीहरुको बिदाइ गरिएको छ । २०७५ सालमा यस विद्यालयले पहिलो पटक डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरमा भर्ना लिएको थियो । पहिलो व्याचमा अध्ययन सकेर जाने बिद्यार्थी हरुलाइ शुभकामना सहित विद्यालयले बिदाइ गरेको हो ।
इलेक्ट्रिकल इन्जिनियरिङ्गको पाचौं सेमेस्टरमा अध्ययनरत बिद्यार्थी दीपेन्द्र बहादुर बोहराको सभापतित्वमा आयोजित कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुशील कुमार भट्टज्यु प्रमुख अतिथी रहनु भएको थियो । बिदाइ भएर जाने विद्यार्थीहरुलाई बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुशील कुमार भट्ट, सदस्य राजेन्द्र आग्री, प्रधानाध्यापक केसर सिह महरा, प्राबिधिक कार्यक्रम सयोजक लक्ष्मि भट्ट, इन्जिनियर कमल लेखक, इन्जिनियर विशेष शाह, प्रशिक्षक दिपक चौधरी, मा बि सयोजक बिरेन्द्र भट्ट लागायतले उज्वल भविष्यको लागी शुभकामना दिनु भएको थियो ।
यसै गरि बिदाइ भै जाने बिद्यार्थी हरुले सस्थाले जे जसरी भए पनि आफुहरुलाइ प्राबिधिक शिक्षा प्राप्त गर्ने अवसर दिनु भएकोमा सस्था प्रती हार्दिक धन्यवाद दिएका छन । विद्यालयले यस क्षेत्रमा प्राबिधिक शिक्षा को बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उदेश्य लिइ सिटिभिटी बाट सम्बन्धन लिइ विभिन्न कार्यक्रम सचालन गर्दै आएको छ । बिदाइ समारोहमा बिधालय मा प्राबिधिक शिक्षा स्थापना गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने तत्कालीन बि ब्य स अध्यक्ष भिम भट्ट तथा प्र अ केसब दत्त पन्त को योगदान लाई बिदाइ समारोह का बिद्यार्थी एव वक्ता हरुले स्मरण गर्नु भएको थियो । भृकुटी मा बि महेन्द्रनगर ले स्थापना को दिनहरूमा सम्पुर्ण पुर्वाधार हरु तयारी गर्न नसकेता पनि हाल आएर आफनो स्रोत साधन र प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिसद को सहयोगमा सबै प्रकारका प्रयोगशाला हरु निर्माण सप्पन्न गरेको छ ।
आगामी दिनमा अझै थप इलेक्ट्रिकल इन्जिनियर शीत संबंन्धित ल्ययाब, वर्क सप , लगाएतका सामग्री हरु को पुर्ण बन्दोबस्त गर्ने बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुशील भट्टज्युले बताउनु भएको छ । हाल भृकुटी मा बि ले सचालन गरेको डिप्लोमा इन इलेक्ट्रिकल कार्यक्रमको प्रथम ब्याज लाई सफलता पुर्वक बिदाइ गर्न पाउँदा बिधालय परिवार हर्सित भएको कुरा मा बि सयोजक बिरेन्द्र प्रसाद भट्ट ले जानकारी दिनु भएको छ । । भृकुटी मा बि मा हाल इलेक्ट्रिकल इन्जिनियर डिप्लोमाको ३ बर्से कार्यक्रम , प्री डिप्लोमा कार्यक्रम हरुमा सबै सेमेस्टरमा विभिन्न क्षेत्रका बिद्यार्थी हरु अध्ययन गरि रहेका छ्न भने संबंधित क्षेत्र का सबै पुर्वाधार हरुको तयारी पूरा गरि आगामी दिनमा एक प्राबिधिक तथा साधारण शिक्षा को शैक्षिक गन्तब्य को हब बन्ने बिश्वास विद्यालय परिवारले लिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?