लालझाडी गाउँपालिकाले निःशुल्क बन रक्षकको तयारी कक्षाहरु संचालन गर्ने

लालझाडी गाउँपालिकाले निःशुल्क बन रक्षकको तयारी कक्षाहरु संचालन  गर्ने भएको छ ।
हालसालै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन गरेको बन रक्षक पदकालागि लालझाडी गाउँपालिका ले गाउँपालिका भित्र इच्छुक व्यक्तिहरुलाई निःशुल्क तयारी कक्षाहरु दिने भएको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वन रक्षकको तयारी कक्षाहरु सञ्चालन गर्ने भएको हो। गाउँपालिका हालेउ आज एक सूचना जारी गर्दै चिठु व्यक्तीहरूको विवरण माग गरेको छ।
गाउँपालिकाका शिक्षा अधिकृत सिद्धराज भट्टद्वारा हस्ताक्षरित सूचनामा वन रक्षक को लिखित परिक्षाको तयारी गर्नका लागि इच्छुक व्यक्तिहरुलाई आवेदन दिन भनिएको छ।
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा वनरक्षक पदको लागि माग गरेसँगै अहिले धमाधम का लोक सेवा आयोगको तयारी गर्नेहरूको संख्या बृद्धि छ ।
केही दिन अगाडि मात्रै शिक्षक सेवा आयोगका कक्षाहरु पनि सम्पन्न भएको कुरा अवगत गराउँदै गाउँपालिका अध्यक्ष मदन सेन बडायक ले गाउँपालिकाको शिक्षा क्षेत्रलाई विभिन्न कोण हरुबाट नियालिरहेको र आवश्यकता अनुसारका तयारी कक्षाहरु थपघट गर्दै गइरहेको कुरा स्पष्ट पार्नुभयो ।
आगामी 10 वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्ने लक्ष्य मा टेकेर गाउँपालिकाले आवश्यकताअनुसार विभिन्न विधाहरुमा कक्षाहरु सञ्चालन गरिरहेको र कक्षाहरूको प्रभावकारिता पनि उल्लेख्य रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी गराउनुभयो।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?