लालझाडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा।

लालझाडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ
भोलि सञ्चालन हुने लालझाडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजना गर्ने जिम्मेवारी पाएको रामेश्वर माध्यमिक विद्यालय चांनदेव ले ट्रयाक निर्माण, खेलमैदानको व्यवस्थापन, सहभागीहरूको नाम दर्ता लगायतका सम्पूर्ण कुराहरु सकिएको छ ।
लालझाडी प्रज्ञा-प्रतिष्ठानका खेलकुद विभाग प्रमुख सुरेन्द्रबहादुर बोहराका अनुसार गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयबाट डेढ सयभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्। एथलेटिक्स अन्तर्गतका तिन हजार मिटर दौड, चार सय मिटर रिले दौड, १०० र २०० मीटर का छोटो दौडहरु, ज्यापलिङ थ्रो, सटपुट, लङजम्प, हाइजम्प , ट्रीपल जम्प लगायतका विभिन्न विधामा खेलकुद हरु संचालन हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो।
सम्पुर्ण पक्षबाट कार्यक्रम सम्पन्न गर्न पुर्ण सहयोग भैरहेको महसुस भएको रामेश्वर माबि चांनदेव का प्रधानाध्यापक रामप्रसाद जोशिले बताएका छन ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई खेलाडीहरूको उत्सवको रुपमा मनाउन गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक ले सम्पूर्णमा आह्वान गरेका छन् ।

ताजा खबर

बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २ कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको...

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?