लालझाडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा।

लालझाडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ
भोलि सञ्चालन हुने लालझाडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजना गर्ने जिम्मेवारी पाएको रामेश्वर माध्यमिक विद्यालय चांनदेव ले ट्रयाक निर्माण, खेलमैदानको व्यवस्थापन, सहभागीहरूको नाम दर्ता लगायतका सम्पूर्ण कुराहरु सकिएको छ ।
लालझाडी प्रज्ञा-प्रतिष्ठानका खेलकुद विभाग प्रमुख सुरेन्द्रबहादुर बोहराका अनुसार गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयबाट डेढ सयभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्। एथलेटिक्स अन्तर्गतका तिन हजार मिटर दौड, चार सय मिटर रिले दौड, १०० र २०० मीटर का छोटो दौडहरु, ज्यापलिङ थ्रो, सटपुट, लङजम्प, हाइजम्प , ट्रीपल जम्प लगायतका विभिन्न विधामा खेलकुद हरु संचालन हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो।
सम्पुर्ण पक्षबाट कार्यक्रम सम्पन्न गर्न पुर्ण सहयोग भैरहेको महसुस भएको रामेश्वर माबि चांनदेव का प्रधानाध्यापक रामप्रसाद जोशिले बताएका छन ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई खेलाडीहरूको उत्सवको रुपमा मनाउन गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक ले सम्पूर्णमा आह्वान गरेका छन् ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?