दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयाेग

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वृद्ध सेवा केन्द्रलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका–७ रौटेला धामस्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धाबृद्धहरुलाई मालिकार्जुन गाउँपालिकाले खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो ।
नमुना पालिकाहरुको भम्रणमा रहेका मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसहितकाे टाेलिले सामाजिक कार्य अन्तर्गत उत्त सहयाेग गरेकाे जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रशाद जाेशीले संघिय प्रणालिपछि स्थानीय सरकारहरुले गरेकाे नमुना काम र अनुभव आदानप्रदानका लागि जनप्रतिनिधि र कर्मचारीले नेपालका नमुना पालिका भ्रमण गरिएको बताए । साेहि कार्यक्रम अन्तर्गत खर्च व्यवस्थापन गरि वृद्ध सेवा केन्द्रलाई पनि सहयाेग गरिएकाे बताए ।
‘महेन्द्रनगर पुग्दा नजिकै वृद्धआश्रम रहेकाे जानकारी पाएपछि भम्रणमा रहेको पालिकाकाे टोलीले वृद्धआश्रमलाई केही राहत स्वरुप सहयाेग गरेकाे हाैँ ।’ उनले भने सेवा ‘केन्द्रलाई चामल, दाल, नुन, तेल, आँटा लगाएका खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।’ त्यस्तै मालिकार्जुन गाउँपालिकाका लेखापाल पुस्कर विष्टले व्यक्तिगत वृद्धाआश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?