अत्यावश्यक कामकाज बाहेक नेपाल-भारत आवागमनमा रोक

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गरी कञ्चनपुर प्रशासनले कडाइ गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको संयोजकत्वमा आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आइतबार राती १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक कामकाज बाहेक नेपाल-भारत आवागमनमा रोक लगाउने निर्णय गरेको छ । अत्यावश्यक कामले आवागमन गर्नैपर्ने भए सो सँग सम्बन्धित आवश्यक कागजात र कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने बताइएको छ ।

यस्तै विवाह, व्रतबन्ध जस्ता कार्य गर्दा २५ जना भन्दा कम व्यक्तिहरूको सहभागिता रहने गरी गर्न पाइने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका अन्य धार्मिक भेला तथा कार्यक्रमहरु गर्न नपाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कञ्चनपुरका ९ वटै पालिकाहरूमा सरकारी निकाय, स्थानीय तह, गैर सरकारी निकाय, सङ्घसंस्था, पत्रकार महासङ्घ लगायतका सरोकारवाला सबै संघसंस्थाहरूको सहकार्य र समन्वयमा अभियानका रूपमा कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एम्बुलेन्स सेवा प्रदायक संस्थाहरूलाई आफूले सञ्चालनमा ल्याएका एम्बुलेन्सहरूमा अनिवार्य रूपमा जिपिएस राख्न लगाउने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका निर्णय सबै सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरू र सङ्घसंस्थाहरू समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्ने समेत निर्णय भएको बताइएको छ

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?