बढ्यो कोरोना मृत्युदर,

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।

ओमिक्रोनको प्रभाव
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताउनुभयो ।
डा. पुनले ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिँदै त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गरिसकेको भन्दै उहाँले डेल्टा भाइरस ओमिक्रोनभन्दा घातक रहेको बताउनुभयो । ओमिक्रोन आइसकेपछिका मृतकको तथ्याङ्कअनुसार ३४ जनामध्ये ३० जना खोप नलगाएका रहेको बताइएको छ । डेल्टाले सङ्क्रमितको श्वासप्रश्वासमा समस्या ल्याउने, कडा खालको निमोनिया हुने भन्ने पुष्टि भइसकेको छ, डा. पुनले थप्नुभयो, “म फेरि पनि भन्छु खोपलाई नै ध्यान दिनुपर्छ ।

सक्रिय सङ्क्रमित ७२ हजार नाघे
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ । यस्तै आईसीयूमा उपचार गराउनेको सङ्ख्या पनि बढ्न थालेको छ । शनिबार २१० जना आईसीयूमा र ३७ जना सङ्क्रमति भेन्टिलेटरमा उपचाररत छन् । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ रहेको थियो, जसमा आईसीयूमा १९४ र भेन्टिलेटरमा ३५ जना थिए ।
यसैबीच गत चौबीस घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप ७०८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २० हजार १८७ वटा नमुना परीक्षण गर्दा १० हजार २५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकामा बढे सङ्क्रमित
काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र पाँच हजार ३१५ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा तीन हजार ७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४४३ गरी पाँच हजार ३१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा शनिबार तीन हजार ७६२ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार १५९ पुगेको छ । काठमाडौँमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ७६३ पुगेको छ । ललितपुर जिल्लामा सङ्क्रमितको सङ्ख्या ५९ हजार ६७१ पुगेको छ भने ५० हजार ७३८ जना निको भएका छन् । ललितपुरमा अहिले आठ हजार २२० जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै भक्तपुर जिल्लामा ३४ हजार ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । २९ हजार ७८२ जना निको भएका छन् ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?