भीमदत्तको नगरसभा अधिवेशन २१ विधेयक पारित गर्दै सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन सम्पन्न भएको छ । गत शनिबार उद्धघाटन गरिएको नगर सभा अधिवेशन आईतबार सम्मन्न भएको हो । भीमदत्त नगरपालिका नगर प्रवत्ता हिमाल चन्दले सभामा २१ विधेयक पास भएको बताउनु भयो । उहाँ अनुसार विधेयकसँगै अन्य सभाले महत्वपुर्ण निर्णय पनि गरेको छ । शनिबार सभामा २१ वटा विधेयक पेस भएका थिए । उक्त विधेयकमाथि अध्ययन गर्न सभा सदस्यलाई एक हप्ताको समय उपलब्ध गराईएको थियो । विधेयक अध्ययनपछि सभामा छलफल भएको र सदस्यबाट आएका सुझाव अनुसार आवश्यक संशोधनसहित विधेयक पारित गरिएको नगर प्रवक्ता चन्दको भनाई छ ।
नगर सभा अधिवेशनबाट नगरपालिका कार्य सञ्चालन विधेयक, सार्वजनिक सुनवाई सम्बन्धि विधेयक, भिमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण सम्बन्धी विधेयक, न्यायिक समिति सम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजि साझेदारी, एफएम रेडियो सञ्चालन, कृषी, विपद् जोखिम जोखिम न्युनिकरण विधेयक, वन विधेयक, स्थानीय स्वास्थ्य विधेयक, भवन निर्माण मापदण्ड लगायतका विधेयक पारित भएका हुन् । नगरपालिकाले यस अघि नै २१ वटा ऐन, नौ निमावली, ५५ कार्यविधि र छ निर्देशिका निर्माण गरि लागु गरिसकेको छ । सभामा चाुल आर्थिक वर्षको प्रगति समिक्षा समेत पेश गरिएको थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । नगर प्रमुख विष्टले विषयगत विधेयक, प्रगति समिक्षा लगायत अन्य विषयमा छलफलसहित आवश्यक निर्णय गरिएको बताउनु भयो । सुदूरपश्चिम प्रदेशमै भीमदत्त नगरपालिकाले स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिम नगर सभा सम्पन्न गरेको हो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?