अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच ९बुँदे सहमती

अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच ९बुँदे सहमती भएको छ । विभिन्न शैक्षिक माग अघि सारेर क्रान्तिकारीले यस अघि विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाँउदै आन्दोलनमा उत्रिएको थियो ।

आइतबार अखिल क्रान्तिकारी र विश्वविद्यालय विच ९ हुँदे सहमती भएको अखिल क्रान्तिकारीका नेता गणेश राज मिश्रले बताए । उनका अनुसार क्रान्तिकारीले विद्यार्थीको हक हितका साथै सुप विश्वविद्यालयको चौतर्फि विकासका लागि विभिन्न माग उठान गरेको थियो । क्रान्तिकारीले अघि सारेका शैक्षिक एजेण्डामा विश्वविद्यालय सहमत भएपछि संघर्षका कार्यक्रम हालका लागि स्थिगित गरिएको उनले बताए । छात्रबृत्ति १० दिन भित्र छनौट प्रकृया अघि बढाउने, दोहोरो प्राध्यापक व्यवस्थापन गर्ने, पुष्तकालमा सुधार, केन्द्रीय क्याम्पसमा स्वच्छ खानेपानीको व्यवस्था, सेनिटरी प्याड सहित छात्रा शौचालय प्रबन्ध, परीक्षा भवन निर्माण, प्राविधिक धारतर्फका परियोजना संचालका लागि केन्द्रीय क्याम्पसमा प्राथमिकता दिने । छात्राबास चालु आर्थिक बर्षदेखि नै संचालन गर्ने । शैक्षिक पात्र अनुरुप पठन पाठन संचालन गर्ने सहमती भएको क्रान्तिकारीका नेता मिश्रले बताए । यस अघि अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई कमिटि अध्यक्ष हेमन्तराज अवस्थी नेतृत्वमा विभिन्न शैक्षिक माग अघि सारेर ज्ञापन पत्र बुझाईएको थियो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?