धार्मिक पर्यटक विकासका लागि आजदेखि बेलडाँडीमा महायज्ञ

कञ्चनपुर, २२मंसिर
कञ्चनपुरको बेलडाँडीमा बिहीबार देखि महायज्ञ हुने भएको छ । बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ मन्दिरको प्राङगाणमा महायज्ञ हुने भएको हो । सिद्धनाथ बेलडाँडी सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक मनोज कुमार बोहराले बेलडाँडीको धार्मिक पर्यटन विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए । उनका अनुसार बिहान कलस यात्राका साथै उद्घाटन समारोह हुने बताए । बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा गाँउपालिका जनप्रतिनिधी सहितका धार्मिक समाजिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता हुनेछ ।
‘यो धार्मिक पर्यटकिय क्षेत्र हो, ‘उनले भने, ‘प्राचिन सिद्धनाथ मन्दिरको बृद्धि विकासका साथै गाँउकै धार्मिक पर्यटन विकाका लागि महायज्ञ संचालन गर्न लागेका छौँ ।’ उनका अनुसार बिहान यज्ञ स्थलदेखि गाँउभरी कलस यात्रा सहित परिक्रमा गरिने छ ।
महायज्ञमा १००८ शालिग्राम पुजा, दैनिक भजन, कितन, झाँग्री, सहित नैतिक शिक्षामुलक प्रबचन गरिने छ । प्रमुख कथाबाचक प्रमोद पौडेलबाट कथा बाचन हुनेछ । महायज्ञ मुल आयोजक समितिका उप सयोजक एव युवा समाजसेवि लोक बहादुर साउदले गाँउमा आध्यामिक विधीबाट संचालन हुने महायज्ञले धार्मिक पर्यटनको विकासका साथै धर्मको समेत संरक्षण हुने बताए । बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै रहेको बेलडाँडीमा धार्मिक पर्यटनसंगसंगै प्राकृतिक पर्यापर्यटनको विकासमा समेत टेवा पुग्ने जनप्रतिनिधीको भनाई छ । बेलडाँडी गाँउपालिका १का वडा सदस्य एव गाँउपालिका लेखा समिति संयोजक शंकर भट्टले धार्मिक पर्यटन विकासका लागि हुने महायज्ञमा वडा, गाँउपालिका एव जनप्रतिनिधीको साथ सर्मथन रहेको बताए । ‘हाम्रो पुरै साथ सर्मथन छ, ‘उनले भने, ‘महायज्ञबाट धार्मिक पर्यटन विकासका साथै पर्यापर्यटन तर्फ जोडनुपर्छ ।’ गाँउमा महायज्ञ संचालन हुनेभएपछि स्थानीय उत्साहित भएर खटिएका छन ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?