एमाले दोधाराचाँदनीमा बबण्डर ः धाँधली गरेर आफु निकटलाई अध्यक्ष सहित नगर कमिटि अवैध भएको भन्दै बदरको माग


कञ्चनपुर, ३ मंसिर
नेकपा एमाले कञ्चनपुरको दोधाराचाँदनी नगरको नगर कार्य समिति चयनमा बबण्डर मच्चिएको छ । अध्यक्ष मण्डल र निर्वाचन मण्डल नै गठन नगरि एकलौटी ढङगबाट हरिसिह घनाडी नेतृत्वमा गठन गरिएको समिति अवैध भएको भन्दै एमाले बहुमत सदस्यले बिरोध गरेका छन । एमाले जिल्ला कमिटि सल्लाहकार सदस्य राम प्रशाद पौडेलको अध्यक्षमा बसेको बैठकले वडा अधिवेशनदेखि नगर अधिवेशनसम्म धाँधली गरेर आफु निकटलाई नेतृत्वमा ल्याएको आरोप छ ।
वडा अधिवेशनमा समेत नेपालमै नरहेका व्यक्तिलाई ल्याएर गैर जिम्मेबारीपन देखाएको आरोप छ ।
एमाले नगर अधिवेशन अध्यक्ष किशोर लिम्बुले गर्नुपर्ने काम भएपनि सो नभएको जिल्ला सदस्य राजिव खडकाकबाट अध्यक्ष मण्डलको घोषणा गरीचिनी गिरीको अध्यक्षमा राजिव खडका, गगन खत्री, टंकर प्रशाद जोशी सहितको घोषणा गरेको त्यसपछि अध्यक्ष मण्डलले सोझै बैडक बसी क्षेत्रीय सचिव चन्द्रसिह धामी, खिमा नन्द, भुवन बिहरी पन्त समेत आवश्यक प्रदैन भनि सुझाव समेत लिन नमानेको जनाईएको छ ।
उम्मेदवारलाई सामुहिक छलफल नगराए एक्लाएक्लै भेटेर दवाव दिएर कमिटि गठन गरेर अवैध अध्यक्ष मण्डल चयन नमान्ने घोषणा गरिएको छ । एमाले दोधाराचाँदनीका क्रियाशिल सदस्य हर्क बहादुर थापाले कम्यूनिष्ट पार्टीमा गैर कानुनी रुपमा घोषणा गरिएको कमिटि अवैध भएकाले बदर गर्दै स्वीकार गर्न नसकिने बताए ।

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?