अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकपको ऐतिहासिक सफलता हात पार्यो

काठमाडौं । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा छिमेकी न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

सर्वाधिक ५ पटक ओडीआई विश्वकप जितेको अष्ट्रेलिया दोस्रो पटक फाइनल खेल्दा उपाधि जित्न सफल भयो । यसअघि सन् २०१० को फाइनलमा अष्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएको थियो ।

पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो । सन् २०१५ को ओडीआई विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै पराजित भएको थियो ।

युएईको दुबईमा मिचेल मार्श र डेभिड वार्नले शानदार ब्याटिङ गरेपछि केन विलयम्सको ८५ रनलाई छायामा पार्यो ।

न्यूजिल्याण्डले दिएको १७३ रनको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा मिचेल मार्श र डेभिड वार्नरले अर्धशतक प्रहार गरे । मार्सले अविजित ७७ रन बनाउदा वार्नले ५३ रन जोडे । ग्लेन म्याक्सवेलले अविजित २८ रन बनाए । अष्ट्रेलियाले तेस्रो ओभरमै कप्तान आरोन फिन्च (५) लाई गुमाउँदा टिमको स्कोर १५ थियो । तर अर्का ओपनर वार्नरले मिचेल मार्शले ९२ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स अघि बढाए । वार्नर ५३ रन बनाएर १३औं ओभरमा आउट भए । ३८ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरेका वार्नरलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए ।

त्यसपछि मार्शले ग्लेन म्याक्सवेलसँग मिलेर अष्ट्रेलियालाई जित दिलाए । उनीहरूले तेस्रो विकेटका लागि अविजित ६६ रनको साझेदारी गरे । मार्शले ५० बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा अविजित ७७ रन बनाए । म्याक्सवेलले १८ बल खेल्दै ४ चौका र १ छकक् मद्दतमा अविजित २८ रन जोडे ।

न्यूजिल्याण्डका लागि बोल्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले कप्तान केन विलियम्सको शानदार ब्याछटिङ मद्दतमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । विलयम्सनले ४८ बल खेल्दै १० चौकार ३ छक्का मद्दतमा ८५ रन बनाए । विलयम्सनले टी-२० विश्वकपको फाइनलमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने मरालो स्यामुएल्सको कीर्तिमान समेत बराबरी गरे । यस्तै मराटिन गप्टिलले २८, ग्लोन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन बनाए । जिम्मी निशम १३ रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै एडम जाम्पाले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । मंहगा साविक भएका मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चिएर विकेटविहीन

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?