दोधारा–चाँदनीका बाढी पिडितलाई ज्ञापन पत्र बुझाउमा रोक लगाएको आरोप

कार्तिक २३,महेन्द्रनगर । दोधारा–चाँदनीको कुतियाकरका बाढी पिडितहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्कालाई बस्ती व्यस्थापनका लागि भन्दै ज्ञापन पत्र बुझाउन तय गरिएको कार्यक्रमलाई एमालेका केही नेता तथा कार्यक्रताहरुले रोक लगाएको पिडितहरुले आरोप लगाएका छन् ।
दोधारा–चाँदनी –१० कुतियाकबरका बाढी पिडित र वडा नं. ७ का छुट हलियाहरुले आफ्ना समस्या र व्यवस्थापनका सन्र्दभमा मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भएपनि केहि नेताहरुले अवरोध सिर्जना गरेको जनाइएको छ । ‘हामीहरु हाम्रा समस्या, पिडा र केहि निकास खोजिदिन हुन भन्दै मन्त्री ज्यूलाई ज्ञापन पत्र बुझाउने तयारीमा थियौं । तर हामीलाई मन्त्री भएको कार्यक्रम स्थल सम्म पुग्ने वातावरण दिइएन् ।’ नाम उल्लेख नगर्ने सर्तमा एक जना पिडितले भने–‘आफ्नो गाउँ–ठाउँमा मन्त्री पुग्दा समेत हामीलाई आफ्ना पिडा राख्ने अवसरबाट बञ्चित गरियो । हामीले आफ्ना पिडा कसलाई र कहाँ सुनाउने ?’
तपाईका गुनासा र समस्याबारे मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाउनबाट कसले किन रोक्यो भन्ने प्रश्नमा पिडितले भने–‘नाम भने त मलाई बाँकि छोड्दैनन् !’ उनले थपे ‘आज दोधारा–चाँदनीमा समाजबादीको पनि कार्यक्रम रहेछ । त्यो कार्यक्रममा उपस्थिती कम होस भन्ने हो, अथवा अरु केही त्यो त थाहाँ भएन ।’
शुक्रवार दोधारा–चाँदनीमा एकिकृत समाजवादीको नगर भेला कार्यक्रम आयोजना गरिएको थियो । उक्त नगर भेलालाई सम्बोधन गर्न प्रदेश सामाजिक विकास मन्त्री खड्का लगायत उच्च नेतृत्वको उपस्थिती रहेको थियो ।
एमाले, जसपा तथा नवआगन्तुक गरी ६७ युवाले एकिकृत समाजवादी पार्टीमा समाहित तथा प्रवेश गरेका छन् । शुक्रवार नवयुवाहरु जसपा र एमाले पार्टीका सदस्यहरुले पार्टी त्यागेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
दोधारा चाँदनी नगरपालिकामा शुक्रवार नगर भेलाको आयोजना गर्दै जसपाको सिंगो कार्य समिती, एमाले पार्टीका सदस्यहरु तथा अन्य नवयुवाहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादीका केन्द्रिय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहले टिका लगाएर एमालेबाट समाहित भएका तथा नवयुवाहरुलाई पार्टीमा प्रवेश तथा स्वागत गरेकी थिईन् ।
नगर भेलाका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य नन्दलाल सुनारले गरेका थिए भने, कार्यक्रममा एकिकृत समाजवादी कञ्चनपुर ईन्चार्ज लालबहादुर खडका, सह ईन्चार्ज प्रकाश रावल, कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष जिवन राज थापा, लगायतले सम्बोधन गरेका थिए ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?