दोधारा–चाँदनीका बाढी पिडितलाई ज्ञापन पत्र बुझाउमा रोक लगाएको आरोप

कार्तिक २३,महेन्द्रनगर । दोधारा–चाँदनीको कुतियाकरका बाढी पिडितहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्कालाई बस्ती व्यस्थापनका लागि भन्दै ज्ञापन पत्र बुझाउन तय गरिएको कार्यक्रमलाई एमालेका केही नेता तथा कार्यक्रताहरुले रोक लगाएको पिडितहरुले आरोप लगाएका छन् ।
दोधारा–चाँदनी –१० कुतियाकबरका बाढी पिडित र वडा नं. ७ का छुट हलियाहरुले आफ्ना समस्या र व्यवस्थापनका सन्र्दभमा मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भएपनि केहि नेताहरुले अवरोध सिर्जना गरेको जनाइएको छ । ‘हामीहरु हाम्रा समस्या, पिडा र केहि निकास खोजिदिन हुन भन्दै मन्त्री ज्यूलाई ज्ञापन पत्र बुझाउने तयारीमा थियौं । तर हामीलाई मन्त्री भएको कार्यक्रम स्थल सम्म पुग्ने वातावरण दिइएन् ।’ नाम उल्लेख नगर्ने सर्तमा एक जना पिडितले भने–‘आफ्नो गाउँ–ठाउँमा मन्त्री पुग्दा समेत हामीलाई आफ्ना पिडा राख्ने अवसरबाट बञ्चित गरियो । हामीले आफ्ना पिडा कसलाई र कहाँ सुनाउने ?’
तपाईका गुनासा र समस्याबारे मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाउनबाट कसले किन रोक्यो भन्ने प्रश्नमा पिडितले भने–‘नाम भने त मलाई बाँकि छोड्दैनन् !’ उनले थपे ‘आज दोधारा–चाँदनीमा समाजबादीको पनि कार्यक्रम रहेछ । त्यो कार्यक्रममा उपस्थिती कम होस भन्ने हो, अथवा अरु केही त्यो त थाहाँ भएन ।’
शुक्रवार दोधारा–चाँदनीमा एकिकृत समाजवादीको नगर भेला कार्यक्रम आयोजना गरिएको थियो । उक्त नगर भेलालाई सम्बोधन गर्न प्रदेश सामाजिक विकास मन्त्री खड्का लगायत उच्च नेतृत्वको उपस्थिती रहेको थियो ।
एमाले, जसपा तथा नवआगन्तुक गरी ६७ युवाले एकिकृत समाजवादी पार्टीमा समाहित तथा प्रवेश गरेका छन् । शुक्रवार नवयुवाहरु जसपा र एमाले पार्टीका सदस्यहरुले पार्टी त्यागेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
दोधारा चाँदनी नगरपालिकामा शुक्रवार नगर भेलाको आयोजना गर्दै जसपाको सिंगो कार्य समिती, एमाले पार्टीका सदस्यहरु तथा अन्य नवयुवाहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादीका केन्द्रिय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहले टिका लगाएर एमालेबाट समाहित भएका तथा नवयुवाहरुलाई पार्टीमा प्रवेश तथा स्वागत गरेकी थिईन् ।
नगर भेलाका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य नन्दलाल सुनारले गरेका थिए भने, कार्यक्रममा एकिकृत समाजवादी कञ्चनपुर ईन्चार्ज लालबहादुर खडका, सह ईन्चार्ज प्रकाश रावल, कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष जिवन राज थापा, लगायतले सम्बोधन गरेका थिए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?