बर्षातले अन्न नष्ट, कञ्चनपुरका किसानलाई महासंकटमा

कार्तिक  ०१ कन्चनपुर । धान भित्र्राउने बेला बर्षा भएसंगै खेतमै काटेका धान भिजेर नष्ट भएको छ । आइतबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो ।

खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्राउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन । खेती भित्र्राउने बेला बर्षा भएपछि धानखेतीमै जिवन निर्वाह गर्दै आएका किसानलाई बढि मार परेको छ । भने, अन्य किसान समेत मर्कामा परेका छन ।

बर्षातका कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ विगाह जमिनको धानखेती भिजेको छ ।जसका कारण कञ्चनपुरका किसान महासंकटमा परेका छन । धानसंगै केरा लगायतका अन्य अन्नबाली समेत नष्ट गरेपछि किसान थप चिन्तित भएका छन ।

अनपेक्षित रुपमा एक्कासी बर्षा भएसंगै यस बर्षको धानखेती समेत नष्ट भएकाले किसान मारमा परेका हुन ।

लालझाडी गाँउपालिका ३ नन्दगाँउका स्थानीय बहाली रानाको खेतमै काटेको अढाई विगाह जमिन भिजेर नष्ट भएको छ । गत बर्ष पनि उनको खेतमा दोदा नदीको वाढीले धानखेती नष्ट भएको थियो । यस बर्ष बर्षातले धान खेती नष्ट भएको उनले बताए । ‘गत बर्ष दोदा नदीमा वाढि आएर पुरै धान कुहियो, ‘उनले भने, ‘यस बर्षपनि अहिले बर्षा भएपछि धान कुहिने भयो ।’ बिगौँ जमिनमा धानखेती नष्ट भएपनि राना मारमा परेका छन ।

भीमदत्त नगरपालिका १६ मझगाँउका स्थानीय किसान रामचन्द्र धानुकको समेत बर्षातले डेढ विगाह जमिनको धानखेती नष्ट भएको छ । धानुकले दुई दिन अघि काटेको धान बर्षातले नष्ट भएको बताए । ‘सुकाउनका लागि खेतमै धान काटेर छाडेको थिए, ‘एक्कासी बर्षा आयो धान खेती पुरै भिजायो ।’

बेलडाँडी गाँउपालिका ५ झिलमिलाका रतन लुहारको १० कट्टाको धान समेत बर्षातले भिजेर नष्ट भएको छ । लुहारले बर्षभरी खाने अन्न भिजेर नष्ट भएपछि मारमा परेको बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले अधिकाँस किसानले धान भित्र्राईरहेको बताए । ‘जिल्लाभरी ८० प्रतिशत किसानले धान भित्र्राईसकेका छन, ‘उनले भने, ‘बाँकी २० प्रतिशत किसानले पछि हुने धान रोपेका छन, त्यही धान भिजेको हो ।’ किसान संघ संगठनका नेता अगुवाले बर्षभरी खाने किसानको अन्न भिजेर नष्ट भएकाले उचित क्षतिपूर्ति र राहत दिनुपर्ने माग अघि सारेका छन । किसान पार्टीका केन्द्रीय अध्यक्ष सिरोमणी कुमार ओझा(सुर्य)ले बर्षातले धान भिजेर नष्ट भएकाले किसानलाई गरिखान धान वा राहत दिनुपर्ने माग राखे । बर्षा अहिलेपनि रोकिएको छैन । किसान झन चिन्तित बन्दै गएका छन । जलवायु परिर्वतनका कारण सबैभन्दा बढि किसान मारमा जहिले पनि पर्दै आएको छन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?