ब्रेक फेल भएर बस दुर्घटनामा, १६ जना घाईते

असोज २६ कन्चनपुर । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ६ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

आज बिहान ब्रेक फेल भएर बस नालीमा पल्टिएको थियो । सडकमा उत्तानो परेको बसका कारण केहीबेर सडक अवरूद्ध भएको थियो । अहिले भने सडक खुलाइसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?