पोखरामा जीप दुर्घटनामा आठ जनाको मृत्यु , एक घाइते

 असोज २५ पोखर । पोखरा–पर्यटकीय गाउँ घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।

जीपमा चालकसहित १० जना यात्रु सवार रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले बताउनुभयाे ।

एक जना भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । यद्यपि दशैंको छुट्टिमा पदयात्रामा हिँडेकाहरु दुर्घटनामा परेको हुन् । उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए । अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी गरेको छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

ताजा खबर

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी बेलडाँडी २४ बैशाख । “एक इमानदार श्रमिक, मेहनती भैंसी...

नेपाली बीरताको प्रतिक ‘नालापानी किल्ला’

मोहन विष्ट, देहरादुन झण्डै अढाई सय अर्थात २ सय ६५...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?