को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति अध्यक्षमा सेटी

 असोज १४ कंचनपुर । को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको पहिलो साधारण सभा सम्पन्न सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकाबिच पहिलो साधारण सभा तथा अधिवेसन सम्पन्न भएको हो । क्लबका अध्यक्ष सुनिल सेटीको अध्यक्षमा आयोजित साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाँई रहेका थिए ।

साधारण सभाको उद्धघाटनशस्त्रमा स्वागत मन्तव्य दिदैँ क्लबका उपाध्यक्ष एंवम् निग्लाशैनी बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले सहकारी सघं सस्थाहरुको हक हितका लागी क्लब गठन गरीएको बताए । उनले सहकारी सघं\सस्थाहरुका बिच सम्बन्ध कायम गरी महिला सशक्तिकरण, क्षमता अभिवृद्वि वित्तिय साक्षरतासहितका साझा उद्देश्य प्राप्तीका लागि क्लब गठन गरिएको बताए ।

त्यस्तै उदयदेव बहुउद्देशीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले क्लबले सहकारीकर्मीको हकहितमा काम गर्नुपर्ने बताए । उनले केही मानिसहरुको बदमासीका कारण सहकारी क्षेत्र बदमान भएको बताउँदै अधिकृत चन्दले क्लबले संस्थागत सुधार र व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एंव्म राष्ट्रिय सहकारी बैकका सिईओ बद्री गुरागाईले बैकले सहकारी क्षेत्रको विकासका लागि काम गर्ने बताए । साथै सहरकारीको ऋण तथा बचत ब्याजदरका लागि पनि बैंककोतर्फबाट पहल गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

क्लबको अध्यक्षमा पुनः सेटी


को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको पहिलो साधारण सभाबाट सुनिल सेटी पुन अध्यक्षमा चयन भएका छन् । सेटी दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन । पहिलो साधारण सभा तथा अधिवेसनबाट क्लबको उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह, सचिवमा मदन राज भट्ट, कोषाध्यक्षमा गणेश बहादुर चन्द र सहसचिवमा कल्पना चापागाई चयन भएको छन् ।

त्यस्तै सदस्यमा मोहन बहादुर चन्द, एक कुमार श्रेष्ठ, लक्ष्मी सविना कुमारी सेटी, शरद चन्द्र पाण्डेय, र कर्ण बहादुर धामी चयन भएको छन् । क्लबका अध्यक्ष सेटीले सहकारीकर्मीको साझा हकहितका लागि काम गर्ने बताए । उनले क्लबलाई कुनै संस्था, पार्टी निकट नबनाई निस्वार्थ सहकारीको साझा हकहित, सहकारी शिक्षा, क्षमता अभिवृद्धी लगायतका काम गरिने प्रतिवद्धता समेत जनाएका छन् ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?