नेवि संघ नेता कलौनी भीमदत्त नगरको सभापतिको दौडमा

भदौ २४,कञ्चनपुर,
नेपाल विद्यार्थी संघका चर्चित युवा नेता अच्यूतराज कलौनी नेपाली काँग्रेंस भीमदत्त नगरको सभापतिको दौडमा देखिएका छन । नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत भदौँ २७ गते हुने नगर सम्मेलनका लागि विद्यार्थी नेता कलौनी भीमदत्त नगरको सभापतिका लागि देखिएका हुन ।
दुई दशकदेखि नेवि संघको राजनीतिमा होमिएका कलौनीले यस पटक पनि काँग्रेस भीमदत्त नगरको सभापतिको दौडमा छन । दुई पटक नगरको सभापतिका लागि तयारी गरेका कलौनीले तेस्रो पटक सफता हुने अपेक्षा राखेका छन । १२औँ महाधिवेशनदेखि उनी भीमदत्त नगरको पार्टी सभापतिका लागि आँकाक्षी थिए । उतिबेला सहमतीय आधारमा नेतृत्व चयन भएसंगै उनी ब्याक भएका थिए । १३ औँ महाधिवेशनमा पदम राज अवस्थीसंग पराजित भएका कलौनीले यस पटक फेरी नगर सभापति ताकेका छन ।
०५७ सालदेखि नेवि संघ राजनीतिमा होमिएका कलौनी कञ्चनपुरदेखि काठमाण्डौँसम्म विद्यार्थीमा लोकप्रियका रुपमा देखिएका छन । विद्यार्थी मात्र नभई उनले पार्टीमा समेत युवादेखि जेष्ठ सबैसंगै सभापतिका लागि सहयोगको अपिल गरिरहेका छन । ०५७ सालमा नेवि संघ रेडियन्ट उमाविको ईकाइ अध्यक्षबाट राजनीतिक यात्रा तय गरेका कलौनी ०५६ सालमा सिद्धनाथ विज्ञान क्याम्पस इकाई अध्यक्ष, ०६२ सालमा विज्ञान क्याम्पसकै सभापतिको उम्मेदवार भए । नेवि संघ कञ्चनपुर जिल्ला सभापतिदेखि उनी हाल निर्वतमान नेवि संघ केन्द्रीय समितिको सहमहामन्त्रीको जिम्मेबारीमा रहेर काम गरिसकेका छन । लोकतन्त्र पुर्नबहालीका लागि गरिएको दोस्रो जनआन्दोलन ०६२÷०६३मा होमिएका बेला उनलाई तत्त्कालिन सरकारले राजनीतिक हिरासतमा राखेको थियो । सुप विश्वविद्यालय स्थापनादेखि यस क्षेत्रको शैक्षिक विकास तथा विद्यार्थी हक अधिकारका लागि प्रत्यक्ष रुपमा संघर्षमा उत्रिएका कलौनी विद्यार्थीमा लोकप्रिय नेताका रुपमा चिनिन्छन । विज्ञान विषयमा स्नातक गरेका कलौनी नेवि संघकै राजनीतिमा लागिले थप शिक्षा हासिल गर्न फुलस्टप लाग्यो ।
‘म पार्टीभित्र देखिएको गुट उगपुटको बिरोधी हुँ, बिरोध पनि गर्छु, ‘उनले भने, ‘खास गरेर मेरो उम्मेदवारी काँग्रेसलाई जनताको घर घरमा पु¥याउँदै पार्टीलाई चलायमान गर्नका लागि हो ।’ काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने लोकतन्त्र कमजोर भए जनता कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउँदै जनतालाई बलियो बनाउँदै नगरकै हितका लागि सभापतिका लागि ईच्छा प्रकट गरेको बताए । ‘मैले साथिभाई पार्टीपङक्ति एव आम जनताको साथ सर्मथनछ, ‘उनले भने, ‘सबैलाई एक ढिक्का बनाएर अघि बढ्छु ।’ भदौँ २७ गते हुने काँग्रेस भीमदत्त नगरको सम्मेलनमा सभापतिको उम्मेदवार भएकाले जितेपछि नगरको पार्टीलाई पूर्ण एक ढिक्का बनाएर जनहितका काममा होमिने कलौनीको प्रतिबद्धताछ ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?