जनमोर्चा सुप प्रदेश बिद्रोहको असर जिल्लामा कञ्चनपुरमा पनि बिद्रोह, समानान्तर जिल्ला कमिटि विस्तार

पुष्कर भट्ट
कञ्चनपुर, २४ भदौँ
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिमा भएको बिद्रोहको असर प्रदेशका जिल्लाहरुमा समेत देखिन थालेको छ । भदौँ दोस्रो साता जनमोर्चा नेता लोकेन्द्र लम्साल नेतृत्वमा सुप प्रदेशमा बिद्रोह भए प्रदेश कमिटि विस्तार भएको थियो । सो कार्य गरे बाफत लम्साल सहितका जनमोर्चाका केही नेताहरुलाई पार्टीले कार्बाही गरेको अर्को पक्ष अर्थात जनमोर्चा सुप प्रदेशका अध्यक्ष नन्दराम भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख भएपनि लम्साल पक्षीय नेता कार्यकर्ताहरुले जिल्लामा समेत बिद्रोह गर्न थालेका छन ।
पार्टीको काम गर्ने माथि कार्बाही गर्ने भन्दै लम्साल पक्षीय नेता कार्यकर्ताहरुले बुधबार कञ्चनपुरको जिल्ला भेला गरेका छन । बेलौरीमा सम्पन्न भएको भेलाले कञ्चनपुरमा समेत समानान्तर कमिटि विस्तार गरेका छन । यस अघि लम्साल पक्षिय कञ्चनपुर अध्यक्षको जिम्मेबारी गोबिन्द विकले पाएका थिए । भेलाबाट जिल्ला कमिटि विस्तार भएको नेताहरुले बताएका छन । उपाध्यक्ष कृष्ण प्रशाद पण्डित, सचिव महेश जोशी, सह सचिव निरु विक, कोषाध्यक्ष हरि प्रशाद शर्मा चयन भएका छन । भने सचिवालय तर्फ श्याम रिजाल, ललित चन्द, धर्मदेव पन्त, सुरेन्द्र चौधरी, चक्र्र रैकाल, महेश भट्ट, पुष्कर भट्ट, पदम साउद, पार्वती विष्ट, निम प्रशाद काफ्ले, जिल्ला सदस्य तर्फ लक्ष्मी चौधरी, भागवती जैसी, गौरा सार्की, दयाराम अधिकारी, माया लोहारा दुर्गा नाथ, दानी कुँवर, धनश्याम जोशी, मानमती लुहार, लक्ष्मी सुनार, गोरख विक, प्रकास जोशी, शर्मिला चौधरी, नन्दु राना, अशोक बोहरा, मैती सार्की चयन भएका छन । जिल्ला सल्लाहकार तर्फ सहबिर सुनार, कर्ण चौधरी, कुवेर नाथ, शंकर आउजी, फिरिया चौधरी, जय बहादुर कार्की, जनकराज जोशी, लाल ब. सुनार र दल बहादुर खडायत रहेका छन । भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्ज लाल बहादुर जाग्री, प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले पार्टीकै हितका लागि भेला आयोजना गरि संगठन चुस्त दुरुस्त बनाउन खोजिरहेको बताएका छन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?