कालापनी र लिपुलेकमा पनि जनगणना गरिने

भदौ २४ दार्चुला । सरकारले राष्ट्रिय जनगणना २०७८ भारतद्धारा अतिक्रमित नेपाली भुमी  कालापनी र लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने केन्द्रीय तथ्याकं विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ ।कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना पुनः सुरु गर्न लागिएको केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

विभागले तयार पारेको नयाँ कार्यतालिका भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । विभागले यसपालि ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षकले करिब ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना काम पन्ध्र दिनमा सम्पन्न गर्नेछन् । गणकको लागि कक्षा १२ उत्तिर्ण र सुपरिवेक्षकको लागि स्नातक तह उत्तिर्ण हुनुपर्नेछ । कोरोना संक्रमणका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालय तथा अन्य निकायसँग समन्वय भइरहेको विभागले जनाएको छ । जनगणनामा खटिने गणकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिने विभागले जनाएको छ ।

घर संख्या, भूकम्पपछि सरकारी अनुदानमा घर बनाए नबनाएको तथा भवन बनाउनुको उद्देश्य समेत संकलन गरिने छ । परिवारका सदस्यको बैँक खाता भए नभएको, प्रावधि शिक्षा तथा तालिम लिए नलिएको र वैदेशिक रोजगारमा गएकाको विस्तृत विवरण पनि संकलन गरिने छ ।

तीनै तहको सरकालाई योजना तर्जुमा गर्न आवश्य तथ्याकं जनस्तरमा गएर समेट्ने प्रयास हुने केन्द्रीय तथ्याकं विभागले जनाएको छ । जनगणना सम्पन्न गर्न ४ अर्ब रुपैंया लागत लाग्ने अनुमान गरिएको छ ।

२०४८ साल

कालापानी, लिपुलेक लिम्पियाधुराको बस्तीमा २०४८ सालमा नेपालले पहिलोपटक जनगणना गरेको थियो । २०१८ सालमा भैरव रिसालले त्यहाँ जनगणना गरेका थिए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘त्यतिबेला भैरब रिसाललाई लिम्पियाधुरा लगायतको क्षेत्रमा जनगणना गर्न सरकारले गणकको रुपमा पठाएको थियो । त्यतिबेला फिल्डमै गएर उहाँले गणना गर्नुभएको हो । त्यहाँ आफ्नै भूमि भएकाले कसैको दबाब थिएन । बेरोकटोक गणना भएको थियो ।’

त्यसबेलामा छाङरुङमा १ सय १७ वटा घरधुरी र तिङकरमा ८७ वटा घरधुरी रहेका थिए ।त्यसपछि उक्त क्षेत्रमा नेपालको तर्फ २०४८ सालमा पनि सरकारले जनगणना गरेको थियो ।

त्यसबखत दार्चुला जिल्लाको साविकको व्यास गाउँ पञ्चायतको वडा १ को त्यो बेला जनगणना गर्दा जम्मा ४२३ जना बासिन्दा र १ सय ५० घर धुरी थियो । त्यसबखत पनि कालापानी लिपुलेक समेटेर जनगणना गरेको थियो ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?