भीमदत्त नगरपालिकाद्धारा अनलाईन करदाता पोर्टल सञ्चालन, घरबाटै कर भुक्तानि गर्न सकिने

भदौ २२ भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाईन करदाता पोर्टल तयार गरेको छ । नगरपालिकाले कार्यालयको सेवालाई थप व्यवस्थीत र प्रविधिमैत्री बनाउनका लागि करदाता पोर्टल सञ्चालनका ल्याएको हो ।
नगरपालिकाका सुचना प्रविधि अधिकृत सुरेश प्रशाद भट्टले अनलाईनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरि पोर्टल सञ्चालन गरिएको बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाको भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन् । साथै करदाताले व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण कर अनलाईन पोर्टलमा हेर्न सक्नेछन् । अनलाईन कर भुक्तानी प्रणलीबारे नगरवासीलाई जानकारी दिने नगरपालिकाको योजना समेत रहेको छ ।
भीमदत्त नगरपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नंम्बर प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखि प्रयोगकर्ता दर्ता गरि आफ्नो विवरण हेर्नु साथै कर भुक्तानी गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

अनलाईन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनु पर्ने बाध्यता हट्नेछ । नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय (राजस्व) संकलन गरेको छ । स्थानीय तहको सरकारले नेतृत्व गरेसँग नगरपालिकाको आन्तरिक आयमा वृद्धी हुदैँ गएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?