राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत जनगणनाको काम छिट्टै अघि बढ्ने

काठमाडौं – जनगणनाको काम अघि बढ्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेसँगै जनगणनाको काम अघि बढ्ने भएको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने र तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?