जनपत्रकार संगठन नेपाल अध्यक्षमा गणेश एसके

भदौ १७, कञ्चनपुर : नेपाल क्म्युनिष्ट पार्टी (विप्लव) ले जनपत्रकार संगठन नेपालको प्रथम जिल्ला भेला सम्पन्न गरेको छ । ‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो एकयवद्धता, मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जन पत्रकारिता’’ भन्ने नारा बोकेकको नेकपा (विप्लव)ले गणेश एसकेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि बनाएको छ । जसमा उपाध्यक्ष राजेन्द्र क. वि.सी., सचिव अनमोल विष्ट, सह सचिव प्रत्तिक थापा मगर, कोषाध्यक्ष लक्ष्मी थापा मगर, सदस्यहरुमा टेब ब. थापा, प्रकाश लुहार, सुनिल राना, सुदिप राना, राकेश बडुवाल, सरोज जोशी, रमेश मल्ल, भुपेन्द्र भण्डारी, सपना सुनार र विमला वि.क. विक चयन भएका छन् भने दुई सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।

‘पत्रकार कुनै एक पार्टी वा कुनै व्यक्ति विशेषको नभएर सबैंको मुद्दा समान रुपले उठाउनु पर्ने, कुनै लोभ लालचमा नपरीकन सत्य तथ्य समाचार सम्प्रेष्ण गर्नु पर्ने पत्रकारको धर्म भएकोले जनपत्रकार संगठन नेपालले इमान्दारीका साथ सबैको मुद्दा उठान गर्ने र श्रम शोषण, अन्याय, अत्याचार र भष्ट्रचारका विरुद्ध जोडदारले जनता सामु पु¥याउने विश्वास लिएको’ नेकपा (विप्लव)का पार्टी जिल्ला सचिव जीवनले बताए । त्यसैगरी पत्रकार महांसघका जिल्ला अध्यक्ष माधव सिह धामीले आज चयन भएका सम्पुर्ण जिल्ला कमिटिलाई बधाई दिनुको साथै सधैं ईमान्दारीका साथ वेतिथिको कुरा उठाउनु पर्ने अन्याय अत्याचार भई रहेको र बोल्न नसक्ने व्यक्तीहरुको आवाज भएर सबैको अगाडी ल्याउनु बताए ।

पत्रकार गणेश एसकेको सभापतित्वमा भएको उक्तकार्यक्रममा प्रमुख अतिथि पार्टी जिल्ला सचिव जीवन, विशिष्ट अतिथीमा जनपत्रकार संगठनका सुप संयोजक प्रकाश थापा, अतिथीमा पत्रकार महासंघका अध्यक्ष माधव सिह धामी रहनु भएको थियोे ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?