भिमदत्तमा माउबादी निकट “वाइसीएल” द्वारा ७०० बढी सदस्यता वितरण

भादौ १० कञ्चनपुर । भीमदत्त नगरमा वाईसियल ब्यूँतियो, संगठनको लक्ष्य भन्दा बढि सदस्यता वितरण जिल्लाकै नेतृत्व पाए कञ्चनपुरमा १० हजार वाईसियल सदस्य बनाउँछुः र्वासियल इन्चार्ज थापा मदन नेपाली कञ्चनपुर, १० नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिक(वाईसियल) नेपाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा ब्यूँतिएको छ ।

चार बर्ष अघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएसंगै नेकपा पार्टी निर्माण भएपछि राष्ट्रिय युवा संघ विस्तार भएको थियो । दुवै पार्टीका पार्टी संरचना एव साँगठानिक संरचना नभएको सन्नदर्भमा वाईसियल चर्चामा थिएन । फेरी ०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलाले दुवै पार्टीलाई अलग अलग मान्यता दिएसंगै ने.क.पा माओवादी केन्द्र निकट वाईसियल नेपालले देशभरी संगठन विस्तार गरिरहेको छ । वाईसियलले हरेक निर्वाचन क्षेत्रमा एक हजार वाईसियल सदस्यता बनाउने लक्ष्य अनुरुप कञ्चनपुरको भीमदत्त नगरका समेत संगठन विस्तार भईरहेको छ । भीमदत्त नगरका वाईसियल ब्यूतिएसंगै संगठनको लक्ष्य भन्दा बढि सदस्यता वितरण गरिएको छ ।

संगठनले एक निर्वाचन क्षेत्रमा एक हजार वाईसियल सदस्य वितरणको लक्ष्य लिएको छ, वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले भने, ‘हामीले भीमदत्त नगरका ११ वडामा झण्डै ८ सय सदस्यता वितरण गरिसकेका छौँ बाँकी ८ वडामा सदस्यता वितरण गर्न बाँकी छ । वाईसियल भीमदत्त नगरका इन्चार्ज थापाले आफुले जिल्लाकै नेतृत्व पाए कञ्चनपुरमा १० हजार वाईसियल सदस्य बनाउने प्रतिबद्धता जाहेर गरे ।

देश र समाजको विकासका लागि भन्दै म राजनीतिमा होमिसकेको छु, उनले भने, मैले कञ्चनपुरकै नेतृत्व पाए जिल्लाभरी युद्धस्तरमा काम गर्छु । वाईसियल भीमदत्त नगरका अध्यक्ष बलराम एसकेले भीमदत्त नगरका ८ नम्बर वडाबाट संगठन विस्तार तथा सदस्यता वितरण अभियान अन्र्तरगत हालसम्म २, ५, ७, ८, १०, ११, १२, १३, १४, १६, १८वडामा वाईसियलले सदस्यता वितरण गरिसकेको बताए ।

अब राष्ट्रिय भेला पछि थप बाँकी वडाहरुमा सदस्यता वितरण गछौँ, उनले भने, भीमदत्त नगरका सबै वडामा डेढ हजार भन्दा बढि सदस्यता वितरण गछौँ । वाईसियल कञ्चनपुरले जिल्लामा वाईसियल ब्यूँताएर विकृती, विसङगत, गैर कानुनी गतिबिधी, राजस्व छली, चोरी तस्करी एव भ्रष्टाचार बिरुद्धमा अभियान संचालन गरेर पार्टीको अघि सारेको भ्रष्टाचार रहित समाज निर्माणका लागि भूमिका निर्वाह गरिने जनाएको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?