भाइरल रोड आइतबार देखि बन्द हुदै

भाद्र ०९ कञ्चनपुर । कञ्चनपुरको भाईरल रोड बन्द हुने । महेन्द्रनगर । कञ्चनपुरको भाईरल रोड बन्द हुने भएको छ । पछिल्लो समय भीमदत्त नगरपालिका महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग भाईरल भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड बढदै जाँदा कोरोनाको जोखिम पनि बढेको छ ।
जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायको भाद्र ९ गते बसेको वैठकले कोरोना संक्रमणलाई मध्ये नजर गर्दै तथा उक्त क्षेत्र नेपालको गौरमय योजना र निर्माणधिन अवस्थामा रहेकाले आउँदो आईतवार देखी उक्त क्षेत्रमा आम सर्वसाधारणहरुलाई जान र भिड गर्न पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले मानसखण्डसंग बताए ।
“ पछिल्लो समयमा आमसर्वसाधारणहरुको भिड बढदै गएपछि कोरोनाको जोखिम पनि बढयो , अर्कोतर्फ योजना पनि प्रभावित बन्ने देखिएपछि उक्त निर्णय गरिएको हो ।
” प्रमुख जिल्ला अधिकारी पाण्डेले भने , “ स्थानीय व्यक्ति र निर्माणमा प्रयोग भएका सवारी साधन कर्मचारी वाहेकका अरुलाई पूर्णरुपमा बन्देज गरिने छ । ” भीमदत्त नगरपालिका -११ भुजेला र १२ ऐरी क्षेत्रमा रहेको पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेपछि दैनिक २ हजार देखी ३ हजारको हाराहारीमा आवतजावत हुने गरेको छ ।

 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?