मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीले ३३ गाडी बेचेको खुलासा

भाद्र ०६, काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ३३ वटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका सूचना अधिकारी तथा इन्जिनियर राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी गर्न बाँकी रहेका सहायक निर्माण कम्पनी तथा सप्लायर्सहरूलाई ती गाडी दिएको तर कम्पनीले त्यसबारे समितिलाई कुनै जानकारी नगराएको बताए । सीएमसीले अधिकांश गाडीहरू बिरा मोटर्सलाई दिएको छ । हाल ती गाडीहरू सीएमसीको नाममा छैनन् ।

उनले भने, “सीएमसीले बीचैमा काम छाडेर हिँडेपछि त्यसका सबै उपकरण आयोजनाको हुनुपर्दछ तर ती गाडीहरू पहिल्यै उसले अरूको जिम्मा लगाएको रहेछ । दर्जनौँ टिप्पर थिए, कम्पनीले सबै गाडी पहिल्यै व्यवस्थापन गरिसकेको पाइएको छ । मेलम्ची खानेपानी आयोजना र सीएमसीको हिसाब अझै स्पष्ट छैन । मुद्दा चलिरहेको छ ।” समितिका अनुसार गाडी, टिप्पर र केही औजार बिरा मोटर्सले आफ्नो दाबी गरेको छ । त्यसैमा मुद्दा परेको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजनाले बैङ्क ग्यारेन्टी सुविधा उपयोग गरी कुल ४५ थान गाडी आयात गरेको छ ।

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित २७ वटा गाडी छन् ।

ती गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नभएको उल्लेख गरी महालेखालाई समितिले विवरण दिइएको थियो ।गाडीको प्रयोग र दाबीमा विवाद भएपछि अदालतमा मुद्दा विचाराधीन रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ तर बिरा मोटर्सले भने कम्पनीसँग सम्झौता गरेर गाडी किनेको जनाएको छ । बिरा मोटर्सका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले भने, “एउटा मुद्दा डेढ वर्षअघि सकिएको हो । हामीले कम्पनीसँग गाडी किनेका हौँ । ३३ वटा गाडीमा २२ वटा लिई सक्यौँ ११ वटा ल्याउन बाँकी छ । ल्याउन बाँकी गाडीको हामीले दाबी गरिरहेका छौँं ।” बाँकी गाडीहरू मेलम्ची आयोजनामा रहेको उनले बताए । यो समाचार गोरखपात्र दैनिकमा छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?