पहिरोले दुई घर पुरिए, खोला थुनियो

भदौँ ४ बझाङ,  । अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको जानकारी दिए । घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन् ।

स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । पहिरोले सानीगाड खोला समेत थुनिएको छ ।

खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ भने इलाका प्रहरी कार्यालय बुङ्गल र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ ।

ताजा खबर

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?