शिक्षकको आन्दोलन भीमदत्त नगरपालिका तनावग्रस्त

भदौँ ४ महेन्द्रनगर:

भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलान विरुद्ध आन्दोलित काँग्रेस सम्बद्ध शिक्षकहरुको आन्दोलनमा शुक्रबार प्रहरीसित झडप भएको छ । शिक्षकहरुको आन्दोलनमा ऐक्यद्धबता जनाउँदै काँग्रेस नेता कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो ।

झडपमा काँग्रेस नेता कार्यकर्ता र प्रहरी सहित घाइते भएका छन् । काँग्रेस नेता कार्यकर्तालाई ताला लगाउन नदिएपछि उनीहरुले सुरक्षाकर्मी र नगर प्रहरीमाथि आक्रमण गरेका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले प्रहरी लाठी खोसेर हातपात गरेका थिए ।

झपडमा काँग्रेस नेतृ एवम् भीमदत्र नगरपालिकाकी न्यायिक समिति सदस्य सन्तोसी ऐरी घाइते भएकी छन् । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अमर माफीलाई हातपात गरिएको छ ।
झडपमा प्रहरी निरीक्षक माझी सहित नगर प्रहरीहरु रिता जोशी, सन्तोस डगौरा, दिपिश शाह, आशोक कुँबर, अनुकरण कठायत लगायतका घाइते भएका छन् । सशस्त्र प्रहरीलाई काँग्रेस नेता कार्यकर्ताले धर्ना स्थलमा लखेटेका छन् ।

शिक्षक संघ सहित नेपाल विद्यार्थी संघका किसन भट्ट, इन्द्रं बहादुर साउँद र अच्युत कलौनी लगायतको नेतृत्वमा कार्यालयमा विहान तालाबन्दी गर्न थालिएको हो । सुरक्षाकर्मीले तालाबन्दी गर्न नदिएपछि झडप हुन पुगेको हो ।

नगरपालिका कार्यालयमा तालाबन्दी गर्न काँग्रेसको भीमदत्त नगर सभापति पदमराज अवस्थी, गोकुलदेब जोशी, वडा अध्यक्षहरु कृष्ण सिह देउपा, लाल बहादुर शाही, अधिकारकर्मीहरु शारदा चन्द, लक्ष्मी मल्ल, मिना भण्डारी लगाएका सहभागी भएका छन् ।
झडपपछि नगरपालिकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । नगरपालिकाको शिक्षक दरबन्दी मिलान विरुद्ध शिक्षक संघ एक महिनादेखि आन्दोलनरत छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले शिक्षक दरबन्दी मिलानलाई अनावश्यक रुपमा राजनीतिकरण गरी विवादित बनाउन खोजिएको बताए ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?