२०२२ को लन्डन म्याराथन अक्टोबरमा हुने

काठमाडौं । लन्डन म्याराथन २०२२ अक्टोबर २ मा हुने भएको छ । पहिलेदेखि अप्रिलमा हुँदै आए पनि लगातार तेस्रो पटक अर्को महिनामा हुने भएको हो ।

प्रतिष्ठित लन्डन म्याराथनका इभेन्ट डाइरेक्टर ह्युज ब्राशेरले पूर्ण क्षमतामा दर्शक आउने धेरै मौका भएकाले अक्टोबरमा गर्न लागिएको प्रतिक्रिया दिएका छन् ।

गत वर्ष शुरा किताताले पुरुषतर्फको उपाधि जितेका थिए भने महिलातर्फ ब्रिगिड कोस्गेईले आफ्नो उपाधि रक्षा गरेकी थिइन् । तर, दर्शक नभएकाले धावकले पूर्ण रूपमा दौडको आनन्द लिन पाएका थिएनन् ।

यो वर्षको संस्करण पनि अक्टोबर ३ मा हुने तय भइसकेको छ भने २०२३ को लन्डन म्याराथन भने पहिले जस्तै अप्रिलमै गर्ने तयारी भएको ब्राशेरले जानकारी दिएका छन् ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?