भीमदत्त नगरपालिकाले सुरु गर्यो एम्बुलेन्स र शव बहान सेवा

भीमदत्त ०२ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ऐम्बुलेन्स र शव बहान सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगरवासीलाई सहज सेवा प्रवाहका लागि ऐम्बुलेन्स र शव बहान सेवा सञ्चालनमा ल्याईएको हो ।
भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले एम्बुलेन्स र शव बहान सञ्चालनमा ल्याईएको बताउनु भयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा ऐम्बुलेन्स सेवा सुरु गरिएको हो । भने शव बहान नगरपालिका आफैले खरिद गरेको हो ।
ऐम्बुलेन्सले अहिले गड्डाचौकी नाकामा भेटिएको कोरोना संक्रमितलाई अस्पताल र आईशोलेसनसम्म पु¥याउने काम गरिरहेको छ । त्यस्तै शव बहानलाई पनि आवश्यकता अनुसार सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाले ऐम्बुलेन्स र शव बहान सञ्चालनका लागि निर्देशिका बनाउने सुचना अधिकारी धामीको भनाई छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?