लकडाउनमा महिला हिंसाका घट्नामा बृद्धि, पीडितको पक्षमा डब्लुएचआर

 

महेन्द्रनगर । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउन अवधिमा महिलाहरु घरपरिवारबाट हिंसामा परेको पाइएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुर (डब्लुएचआर)को अध्ययनले लकडाउन अवधिमा महिलाहरु घर परिवारबाटै हिंसामा परेको पाइएको हो । डब्लुएचआरले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकामा महिलाहरुको अवस्थाबारे अध्ययन गरेको थियो । सिमान्तकृत महिलाहरु बढी हिंसामा परेको डब्लुएचआरका कार्यक्रम संयोजक बिरबहाुर नेपालीले बताए । उनका अनुसार कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा घरपरिवारबाट बेलडाँडी गाउँपालिकाका महिला बढी हिंसामा परेको पाइएको थियो । ‘घरको अर्थिक अवस्था कमजोर भएका महिलाहरु घरपरिवारबाट बढी हिंसामा परेको पायौं,’ उनले भने, ‘लकडाउन अवधिमा महिलालाई कुटपिट गर्ने, यातना दिने तथा घर निकाला समेत गरेको पाइयो ।’ हिंसामा परेका महिलाको न्यायको लागि डब्लुएचआरले पहल गरिरहेको कार्यक्रम संयोजक नेपालीले बताए । ‘लकडाउनमा महिला हिंसाका घटनामा बृद्धि भयो,’ उनले भने, ‘हामीले केहीलाई न्याय समेत दिलायौं, केही व्यक्तिको न्यायको लागि पैरवी गरिरहेका छौं ।’
डब्लुएचआरले एकल महिलासहित सीमान्तकृत समुदायका महिलाहरुको नेतृत्व क्षमता विकास सशक्तिकरणका लागि शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको छ । शुक्लाफाँटा नगरपालिकाको सेफ हाउसमा पछिल्लो ३ महिनामा ६१ हिंसा पीडित महिलाले सहारा लिएको डब्लुएचआरको तथ्यांकले देखाएको छ । ‘उनीहरु कुटपिट, यातना सहन नसकेर सेफ हाउस पुगेका हुन्,’ उनले भने, ‘बेलडाँडीमा सेफ हाउस छैन्, त्यहाका महिलाहरु झन समस्यामा छन् ।’ बेलडाँडी गाउँपालिका भारतीय सीमावर्ती क्षेत्र भएकाले महिला बेचबिखनको जोखिम रहेको कार्यक्रम संयोजक नेपालीको भनाई छ । बेलडाँडीमा हिंसा पीडित महिलाहरुका लागि सेफ हाउस सञ्चालन गरिएको छैन । यस वर्ष सेफ हाउस सञ्चालनको तयारी गरिएको छ । शुक्लाफाँटामा अवैध गर्भपतनलाई समाजमा मिलापत्र गराएपछि अहिले महिला दैनिक रुपमा कुटाई खाने गरेको संस्थाले जानकारी दिएको छ । महिलालाई अवैध गर्भ बोकाउने स्थानीयले दैनिक रुपमा उनको घर आएर कुटपिट गरि रहेका छन् ।

‘यो कानुनी रुपमा अवैध थियो, समाजमा मिलापत्र गरिएपछि बच्चा जन्मियो, केही महिनासम्म राम्रो सम्बन्ध थियो, अहिले दैनिक रुपमा कुटपिट गरिएको छ’ संस्थाका कार्यक्रम संयोजक नेपालीले भने,‘यसरी पनि महिला हिंसा सहन बाध्य छन् ।’

मानव अधिकारका लगि महिला एकल महिला समूह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले कमजोर अवस्थाका महिलामाथि हिंसा नरोकिएको बताइन् । ‘समाजमा बलियोले कमजोरमाथि हिंसा गर्छ, घर परिवारमा पनि पुरुषले महिलामाथि हिंसा गर्दै आएका छन्’ उनले भनिन्,‘यस विरुद्ध सबैले एकजुट हुनु आवश्यक छ ।’

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?