लकडाउनमा महिला हिंसाका घट्नामा बृद्धि, पीडितको पक्षमा डब्लुएचआर

 

महेन्द्रनगर । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउन अवधिमा महिलाहरु घरपरिवारबाट हिंसामा परेको पाइएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुर (डब्लुएचआर)को अध्ययनले लकडाउन अवधिमा महिलाहरु घर परिवारबाटै हिंसामा परेको पाइएको हो । डब्लुएचआरले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकामा महिलाहरुको अवस्थाबारे अध्ययन गरेको थियो । सिमान्तकृत महिलाहरु बढी हिंसामा परेको डब्लुएचआरका कार्यक्रम संयोजक बिरबहाुर नेपालीले बताए । उनका अनुसार कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा घरपरिवारबाट बेलडाँडी गाउँपालिकाका महिला बढी हिंसामा परेको पाइएको थियो । ‘घरको अर्थिक अवस्था कमजोर भएका महिलाहरु घरपरिवारबाट बढी हिंसामा परेको पायौं,’ उनले भने, ‘लकडाउन अवधिमा महिलालाई कुटपिट गर्ने, यातना दिने तथा घर निकाला समेत गरेको पाइयो ।’ हिंसामा परेका महिलाको न्यायको लागि डब्लुएचआरले पहल गरिरहेको कार्यक्रम संयोजक नेपालीले बताए । ‘लकडाउनमा महिला हिंसाका घटनामा बृद्धि भयो,’ उनले भने, ‘हामीले केहीलाई न्याय समेत दिलायौं, केही व्यक्तिको न्यायको लागि पैरवी गरिरहेका छौं ।’
डब्लुएचआरले एकल महिलासहित सीमान्तकृत समुदायका महिलाहरुको नेतृत्व क्षमता विकास सशक्तिकरणका लागि शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको छ । शुक्लाफाँटा नगरपालिकाको सेफ हाउसमा पछिल्लो ३ महिनामा ६१ हिंसा पीडित महिलाले सहारा लिएको डब्लुएचआरको तथ्यांकले देखाएको छ । ‘उनीहरु कुटपिट, यातना सहन नसकेर सेफ हाउस पुगेका हुन्,’ उनले भने, ‘बेलडाँडीमा सेफ हाउस छैन्, त्यहाका महिलाहरु झन समस्यामा छन् ।’ बेलडाँडी गाउँपालिका भारतीय सीमावर्ती क्षेत्र भएकाले महिला बेचबिखनको जोखिम रहेको कार्यक्रम संयोजक नेपालीको भनाई छ । बेलडाँडीमा हिंसा पीडित महिलाहरुका लागि सेफ हाउस सञ्चालन गरिएको छैन । यस वर्ष सेफ हाउस सञ्चालनको तयारी गरिएको छ । शुक्लाफाँटामा अवैध गर्भपतनलाई समाजमा मिलापत्र गराएपछि अहिले महिला दैनिक रुपमा कुटाई खाने गरेको संस्थाले जानकारी दिएको छ । महिलालाई अवैध गर्भ बोकाउने स्थानीयले दैनिक रुपमा उनको घर आएर कुटपिट गरि रहेका छन् ।

‘यो कानुनी रुपमा अवैध थियो, समाजमा मिलापत्र गरिएपछि बच्चा जन्मियो, केही महिनासम्म राम्रो सम्बन्ध थियो, अहिले दैनिक रुपमा कुटपिट गरिएको छ’ संस्थाका कार्यक्रम संयोजक नेपालीले भने,‘यसरी पनि महिला हिंसा सहन बाध्य छन् ।’

मानव अधिकारका लगि महिला एकल महिला समूह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले कमजोर अवस्थाका महिलामाथि हिंसा नरोकिएको बताइन् । ‘समाजमा बलियोले कमजोरमाथि हिंसा गर्छ, घर परिवारमा पनि पुरुषले महिलामाथि हिंसा गर्दै आएका छन्’ उनले भनिन्,‘यस विरुद्ध सबैले एकजुट हुनु आवश्यक छ ।’

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?