लुम्बिनी बैक महेन्द्रनगर शाखाद्धारा वार्षिकोत्सवका अवसरमा अनाथालयमा प्रोटिनयुत्त खानेकुरा वितरण

महेन्द्रनगर २५ असार । शुक्रबार लुम्बिनी विकास बैंक स्थापनाको १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महेन्द्रनगर शाखाले सामाजिक कार्य गरि वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा महेन्द्रनगर शाखाले समाज कल्याण अञ्चल बाल अनाथालयमा प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको छ ।


लुम्बिनी विकास महेन्द्रनगर शाखा प्रमुख अशोक जोशीले वार्षिकोत्सवका अवसरमा अनाथालयमा सहयोग गरिएको बताए । उनका अनुुसार अनाथालयमा रहेका बालबालिकालाई प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको हो । महेन्द्रनगर शाखाले अनाथालयमा अण्डा, मासु र चामल सहयोग गरेको उनको भनाई छ ।

‘साना बालबालिकाको वृद्धि विकासका लागि प्रोटिनयुक्त खानेकुराको आवश्यक पर्छ ।’ बैक शाखा प्रमुख जोशीले भने ‘सोही कुरालाई मध्यनजर गदैँ बैकको यस शाखाले थोरै भए पनि सहयोग गरेको छ ।’ यस्ता क्षेत्रहरुमा सबैले सक्दो सहयोग गुर्नपर्ने उनको भनाई छ । सानो सहयोगले पनि बालबालिकाकालाई ठुलो राहत मिल्न सक्ने बताउँदै बैक म्यानेजर जोशीले भने ‘सामाजिक कार्यमा सबैले हातेमाले गर्नुपर्छ, विशेष गरि बालबालिकाहरु भविष्यका कर्णधार हुन् त्यसैले पनि यस क्षेत्रमा सबैले चाँसो र सहयोग गर्नुपर्छ ।’


गत वर्ष पनि महेन्द्रनगर शाखाले अनाथालयमा र वृद्ध सेवा केन्द्रमा खाद्यान्न तथा फलफुल सहयोग गरेको थियो ।
बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, शेयरधनी, नियामक निकाय लगायत सम्पूर्ण शुभेच्छुकहरुबाट प्राप्त सहयोग, शुभेच्छाको लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप आधुनिक, गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा निरन्तर सहयात्राका साथ प्रदान गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ । बैंकले हाल देशभरका ७२ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ग्राहकलाई सेवा दिदै आएको छ ।

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?