कोरोना खोपमा पनि दलीय भागवण्डा

३० जेठ, काठमाडौं । चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय गर्यो । खोप जिल्ला जिल्ला पठायो ।

तर स्थानीय तहरुको अगुवाइमा चलिरहेको अभियानका क्रममा खोपको दुरुपयोग भएको पाइएको छ । कतिसम्म भने उदयपुरको बेलका नगरपालिकाले राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा नै लगाएको पाइएको छ ।

मेयर दुर्गाप्रसाद थापाले वडा कार्यालयहरुमा पठाएको पत्रमा राष्ट्रिय मान्यता पाएका दलका १०/१० जना र स्थानीय तहका ३/३ जनालाई खोप दिन भनिएको छ । मेयरको पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।

त्यही पत्रका आधारमा पहुँचवालाहरुले २७ गते कोरोना खोप लगाएको पाइएको छ ।

जबकी जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बसेको बैठकले ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई मात्र खोप लगाउने निर्णय गरेको थियो ।

खोप कार्यक्रम दुई दिन तोकिएको थियो । त्यसअनुसार बेलकामा २५ गते ४८ जना र २६ गते ४०९ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए ।

तर मेयरले राजनीतिक दललाई भाग लगाएर पत्र लेखेपछि २७ गते २४१ जनाले कोरोना खोप लगाएका छन् । नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले लक्षित वर्गभन्दा बाहिर खोप लगाएको स्वीकार गरे । ‘अग्रपंक्तिमा रहेर काम गर्ने राजनीतिक दलका प्रतिनिधि, अनुगमन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई लगाउनै पर्ने भएकाले खोप लगाएको हो’ उनको दाबी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भने राजनीतिक दलका प्रतिनिधि, छुटेका निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकारलाई लगाउने अनुमति नभएको बताए । ‘के कसरी लगाएका हुन्, लगाउने निर्देशन दिने र लगाउनेले जानुन्’ भनेका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले पनि पहिलो लटमा छुट भएका जेष्ठ नागरिकलाई लगाउन भनेको, तर राजनीतिकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकारलाई लगायतलाई खोप दिन नभनेको बताए ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?