कोरोना खोपमा पनि दलीय भागवण्डा

३० जेठ, काठमाडौं । चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय गर्यो । खोप जिल्ला जिल्ला पठायो ।

तर स्थानीय तहरुको अगुवाइमा चलिरहेको अभियानका क्रममा खोपको दुरुपयोग भएको पाइएको छ । कतिसम्म भने उदयपुरको बेलका नगरपालिकाले राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा नै लगाएको पाइएको छ ।

मेयर दुर्गाप्रसाद थापाले वडा कार्यालयहरुमा पठाएको पत्रमा राष्ट्रिय मान्यता पाएका दलका १०/१० जना र स्थानीय तहका ३/३ जनालाई खोप दिन भनिएको छ । मेयरको पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।

त्यही पत्रका आधारमा पहुँचवालाहरुले २७ गते कोरोना खोप लगाएको पाइएको छ ।

जबकी जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बसेको बैठकले ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई मात्र खोप लगाउने निर्णय गरेको थियो ।

खोप कार्यक्रम दुई दिन तोकिएको थियो । त्यसअनुसार बेलकामा २५ गते ४८ जना र २६ गते ४०९ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए ।

तर मेयरले राजनीतिक दललाई भाग लगाएर पत्र लेखेपछि २७ गते २४१ जनाले कोरोना खोप लगाएका छन् । नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले लक्षित वर्गभन्दा बाहिर खोप लगाएको स्वीकार गरे । ‘अग्रपंक्तिमा रहेर काम गर्ने राजनीतिक दलका प्रतिनिधि, अनुगमन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई लगाउनै पर्ने भएकाले खोप लगाएको हो’ उनको दाबी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भने राजनीतिक दलका प्रतिनिधि, छुटेका निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकारलाई लगाउने अनुमति नभएको बताए । ‘के कसरी लगाएका हुन्, लगाउने निर्देशन दिने र लगाउनेले जानुन्’ भनेका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले पनि पहिलो लटमा छुट भएका जेष्ठ नागरिकलाई लगाउन भनेको, तर राजनीतिकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकारलाई लगायतलाई खोप दिन नभनेको बताए ।

ताजा खबर

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?