सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग

कञ्चनपुरः- सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । प्रदेश सभा बैठकमा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद देबकी मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने माग गरेकी हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद मल्लले आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी रहेको बताईन् । उनले गाँजा खेतीका लागि सुदूरपश्चिम र बझाङका लागि असाध्यै महत्वपूर्ण रहेकोले प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपालले सन् १९७६ मा लागूऔषध नियन्त्रण सम्बन्धी कानुन बनाएपछि गाँजा खेती प्रतिबन्धित छ । गाँजाको खेती, भण्डारण, सेवन र बिक्रि वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको उक्त ऐन अनुसार २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार जरिवाना हुनसक्ने नियम छ । तर कतिपय ग्रामीण क्षेत्रमा भने गाँजा खेती गर्ने गरिएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?