सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

कञ्चनपुरः- सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज मुलुकका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुनको आगमन भइसकेको हुँदा पश्चिमी तथा पूर्वी भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखा अन्तरतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बहने केही स–साना सहायक नदीहरुमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्नसक्ने बताएको छ।

साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

 

ताजा खबर

इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ,८ साउन  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको...

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?