महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैध रुपमा स्वदेश भित्रिने क्रम जारी

बैतडी: भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ।

निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिएको हो। झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको छ। तर अवैध रुपमा नेपाल आउँदा जोखिम बढेको हो।

महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैध रुपमा स्वदेश भित्रिने गरेकोले कोरोना संक्रमणको जोखिम बढेको पञ्चेश्वर गाउँपालिका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष दशरथ मंगोलाले बताए। उनले भने,‘औपचारिक नाका खुला हुँदाहुँदै पनि अवैध रुपमा आउँदा गाउँमा जोखिम बढाएको छ।’

गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ। जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने अस्थायी नाका (घाटहरू) अहिले बन्द गरिएका छन्। पञ्चेश्वर गाउँपालिकामा पर्ने बलारा, विनायक,रोल,धरम, डिम्बर र ढोयाघाट तथा शिवनाथ गाउँपालिकामा पर्ने कुस्मौत र नागार्जुन घाट बन्द छन। स्थानीय तहहरूले ती घाटहरू बन्द गरेका भए पनि डुंगा र ट्युबबाट नेपाल–भारत आवतजावत नरोकिएको स्थानीय बासिन्दाले बताएका छन्।

अवैध रुपमा नेपाल भित्रिने क्रम रोक्नका लागि प्रहरी प्रशासनलाई अनुरोध गरिएको वडाअध्यक्ष मंगोलाले बताए। उनले भने, ‘अवैध रुपमा भित्रिँदा जोखि बढेको छ, प्रहरी प्रशासनलाई पनि भनेका गस्ती गरिरहेका भए पनि चोरीछिपी भने आउने क्रम रोकिएको छैन।’ चोरीछिपी नेपाल आउने गरेका नागरिक कोही भने जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा आउने गरेका र कोही सम्पर्कमा नआएर सीधै घर जाने गरेका समेत स्थानीयले बताएका छन्।

‘अवैध रुपमा नआउनुस् भनेर आग्रह धेरैपटक आग्रह गरिसकेका छौं, कसैले भनेको मान्दैनन्। यसले गर्दा गाउँमा कोरोनाको जोखिम बढेको छ’, वडाअध्यक्ष मंगोलाले भने।

अवैध रुपमा नेपाल भित्रिने नागरिकमा जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिक बढी छन्। जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरूको कोरोना परीक्षण गर्ने गरिएको स्थानीय तहहरूले जनाएका छन्।

महाकाली नदी किनार शिवनाथ र पञ्चेश्वरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेको छन्। डिम्बरघाटमा प्रहरी चौकी र रोलघाटमा सशस्त्र प्रहरी बसेको छ। तर सुरक्षाकर्मीले भने अनुसार कडाइ नगरेकाले अवैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएको स्थानीयको आरोपसमेत रहको छ।

झुलाघाट नाकाबाट आउँदा शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई यातायात र बसोबासका लागि समस्या हुने गरेकोले अवैध रुपमा ट्युबमार्फत भित्रिने गरेका हुन सक्ने सञ्चारकर्मीसमेत रहेका पञ्चेश्वरका स्थानीय बासिन्दा मोहन चन्दले बताए। उनले भने, ‘झुलाघाट नाकाबाट आउँदा यहाँका नागरिकलाई २ दिन घर पुग्न लाग्छ, निषेधाज्ञाका कारणले यातायात र बस्न समस्या हुने गरेकोले अवैध रुपमा आउँछन्।’

अवैध रुपमा नेपाल भित्रिने क्रम रोक्न प्रहरी प्रशासनले कडाइका साथ उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुपर्नेमा चन्दले जोड दिए।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएकोले अवैध रुपमा नेपाल भित्रिएको कुरा आफ्नो जानकारीमा नभएको बताए। उनले भने, ‘सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क भइरहन्छ, अहिलेसम्म त्यसरी आएको भन्ने गुनासो कतैबाट आएको छैन।’

झुलाघाट नाका खुला रहेकोले त्यसरी अवैध नाका भएर नेपाल प्रवेश नगर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह रहेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी छ। जिल्लामा हाल कोरोनाका ३०० जना सक्रिय संक्रमित छन् भने १६ जनाको मृत्यु भइसकेको छ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?