मन्त्रिपरिषदबाट स्वीकृति पाए साउनदेखि गणना सुरू गर्ने

काठमाडौं, २६ जेठ । कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना साउनपछि गर्ने तयारी थालिएको छ । राष्ट्रिय जनगणना सञ्चालक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउन १५ देखि असोज १५ गतेसम्म गर्ने प्रस्ताव तयार गरेको हो ।

समितिको उक्त प्रस्ताव मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । कोरोना संक्रमण दरमा कमी आउन थालेकाले नयाँ मिति प्रस्ताव गरिएको विभागले जनाएको छ ।

यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कोरोनाको संक्रमण बढ्दै गएपछि गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले जनगणनाको सबै काम स्थगित गर्ने निर्णय गरेको थियो ।

सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो त्यहीँबाट बाँकी काम गर्ने विभागले जनाएको छ ।

विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ भने जनगणनाका लागि आठ हजार सुपरीवेक्षक र ३९ हजार गणक छनोट गरिसकेको छ ।

राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारी तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक प्रशिक्षण, स्थानीय जनगणना अधिकारी तालिम सम्पन्न भइसकेको छ ।

विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि तालिम केन्द्र र प्रशिक्षण सामग्री तयार गरी सबै तालिम केन्द्र र जिल्लामा यसअघि नै पठाइसकेको थियो । यस वर्ष हुने जनगणनाका लागि सरकारले ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ ।

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?