कञ्नपुरमा निषेधाज्ञा लम्बियो

कञ्चनपुरः कञ्चनपुरमा जारी निषेधाज्ञा लम्बिएको छ। बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो।

जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ।यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ। त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी हुन पाउनेछन्।

यसअघि कैलाली प्रशासनले पनि जेठ ३१ गतेसम्मलाई निषेधाज्ञा थपेको छ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?