कञ्नपुरमा निषेधाज्ञा लम्बियो

कञ्चनपुरः कञ्चनपुरमा जारी निषेधाज्ञा लम्बिएको छ। बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो।

जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ।यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ। त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी हुन पाउनेछन्।

यसअघि कैलाली प्रशासनले पनि जेठ ३१ गतेसम्मलाई निषेधाज्ञा थपेको छ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?