सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको चौरपाटीले मनपरी भाडा अशुल्दै

अछाम,११ जेठ । अछामको चौरपाटी गाउँपालिकाद्धारा सञ्चालित एम्बुलेन्सले आफ्नै निर्णय विपरित भाडा अशुल्दै आएको छ । गाउँपालिकाले आमाको सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीलाई एम्बुलेन्स सेवा निशुल्क दिने भनेपनि केही महिना यता एम्बुलेन्सले भाडा अशुल्न थालेको हो ।

यसअघि एम्बुलेन्सले सुत्केरी महिला बाहेकका विरामीबाट पैसा लिदैं आएको भए पनि केही महिना यता भने सुत्केरी महिलाबाटै पनि भाडा अशुल्दैं आएको स्थानीयहरुले बताएका छन । गाउँपालिकाकै नियम विपरित एम्बुलेन्सले सुत्केरी महिलालाई स्वास्थ्य चौकी सम्म पुर्याएको भाडा लिन थालेपछि चर्को विरोध हुन थालेको छ ।

गाउँपालिकाले आफ्नो लोकप्रियताका लागि सुत्केरी महिलाबाट भाडा नलिने निर्णय गरेपनि अहिले आएर एम्बुलेन्सले चर्को भाडा अशुल्दै आएको आरोप लागेको छ । अहिले एम्बुलेन्सले पालिका भित्रकै विभिन्न वडाका ठाउँबाट सुत्करी महिलालाई चौरमाण्डौ स्वास्थ्य केन्द्र सम्म ओसारपसार गरेको फरक फरक शुल्क लिने गरेको छ ।

गाँउपालिकाले डिजेलको लागि पैसा नदिएकाले आफुले सुत्केरी महिलाका आफ्न्तबाट पैसा लिन थालेको एम्बुलेन्स चालक चक्र बहादुर थापाले स्वीकार गरेका छन । केही महिना अगाडी गाउँपालिकाले डिजेलका लागि पैसा नदिएकाले हप्ता दिन सम्म एम्बुलेन्स नचलाएको उनले सुनाए ।

“गाउँपालिकाबाट डिजेलको लागि समेत पैसा नपाएपछि हप्ता दिनसम्म मैले एम्बुलेन्स चलाएको थिएन’,उनले भने,‘अहिले आफुले सुत्केरीबाट समेत पैसा लिएर सेवा दिदैं आएको छु ।” अहिले एम्बुलेन्सले कच्ची सडकमा प्रतिकिलो मिटरको एक सय रुपैया र पक्की सडकमा प्रतिकिलो मिटरको ५० रुपैया लिदै आईरहेको छ । यसरी सुत्केरी महिलाबाट पनि एम्बुलेन्सले शुल्क लिन थालेपछि गाउँपालिकाको नियम विपरित लिएको पैसा फिर्ता गर्नु पर्ने स्थानीयको माग छ ।

यता गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साँउलले भने एम्बुलेन्समा पटक पटक डिजेल हालिरहेको दाबी गरे । “गाँउ बस्ती टोलका आमाहरुको सुविधाका लागि सुत्केरीलाई चौरमाण्डौ स्वास्थ्य केन्द्र सम्म ओसारपसार गर्दा शसल्क दिने गरेका छैनौ ।’, अध्यक्ष साँउदले भने, ‘बाँकी टाढा ठाँउमा पुगाएको खण्डमा एम्बुलेन्स चालकले ४ सय देखि ५ सय सम्म लिने गरेको छ । तर सुत्केरी महिलाबाट पनि शुल्क लिने गरेको कुरा आफुलाई थाहाँ छैन ।” यस्तै गाँउपालिकाले डिजेलको लागि पैसा नदिएको भन्ने कुरा सरासर गलत भएको र यसबारेमा चालक संग बुझ्ने उनले बताए ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?