स्थगित परीक्षा साउनमा लिने त्रिविको योजना

काठमाडौँ, जेठ १० गते । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ ।
लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।
परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।
हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।
यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ । गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले
स्पष्ट गर्नुभयो ।
विश्वविद्यालयले कोरोना सङ्क्रमण बढेपछि सेमेस्टर प्रणाली अध्ययन गर्ने सबै विद्यार्थीको परीक्षा भने अनलाइन माध्यमबाट लिन थालेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अनलाइन माध्यममा पनि भएका कारण अनलाइनबाट परीक्षा लिन सकिएको
जनाइएको छ ।
विद्यार्थी गाउँमा भएका कारण परीक्षा फाराम भर्न समस्या भएको क्याम्पस प्रमुखहरूले गुनासो गरेका बेला अनलाइनबाट परीक्षा सम्भव नहुने उहाँको भनाइ छ । यसको विकल्पमा विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस या आफ्नो नजिकको पायक पर्ने क्याम्पसबाट परीक्षा लिने विकल्पका बारेमा आफूहरूले सोचेको जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् । यसको छिनोफानो छिटै गरिने जनाइएको छ ।

ताजा खबर

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?