रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको बास घारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो। यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७।६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

हतियारका सामाग्रीहरु रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहबनस्थित गुल्मको टोलीले उक्त सामाग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो
रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ। गत साल असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो। हतियार भेटिए पनि राजनीतिक दबावका कारण प्रहरीले ति कुरा गोप्य राख्दै आएको छ।

रोल्पाका गाउँमा हतियार भेटिएको भएपनि प्रहरीले गोप्य राख्दा ठूलो दुर्घटना समेत हुदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमा ओलीको गुनासो छ। ‘गत वर्ष मात्रै त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गएको थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले यि कुराहरु हामीलाई कुनै जानकारी नगराउदा यि हतियार कहाँबाट आएका हुन र के कारणले ल्याइएका हुन भन्ने आशंका उत्पन्न भएको छ।’

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?