रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको बास घारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो। यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७।६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

हतियारका सामाग्रीहरु रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहबनस्थित गुल्मको टोलीले उक्त सामाग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो
रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ। गत साल असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो। हतियार भेटिए पनि राजनीतिक दबावका कारण प्रहरीले ति कुरा गोप्य राख्दै आएको छ।

रोल्पाका गाउँमा हतियार भेटिएको भएपनि प्रहरीले गोप्य राख्दा ठूलो दुर्घटना समेत हुदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमा ओलीको गुनासो छ। ‘गत वर्ष मात्रै त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गएको थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले यि कुराहरु हामीलाई कुनै जानकारी नगराउदा यि हतियार कहाँबाट आएका हुन र के कारणले ल्याइएका हुन भन्ने आशंका उत्पन्न भएको छ।’

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?