चर्को मूल्यमा अक्सिजन बिक्री गर्ने धनगढीको मालिका अक्सिजन उद्योगलाई स्पष्टिकरण

धनगढीः चर्को मूल्यमा अक्सिजन बिक्री वितरण गरिरहेको गुनासोपछि धनगढीमा रहेको मालिका अक्सिजन उद्योगलाई जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्टिकरण सोधेको छ।

जिल्ला प्रशासन कार्यालयले सञ्चार माध्यममा आएको सामाचारपछि आफ्नो ध्यानाकर्षण भएको र यदि बढी मूल्य लिएको पुस्टि भएमा आवश्यक कारवाही हुने बताएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले मौखिक जवाफमा उद्योग सञ्चालकले बढी मूल्य नलिएको दाबी गरेको तर लिखित स्पष्टिकरण भने आइबार बुझाउनू भनेर निर्देशन दिएको जानकारी दिए।

मालिका अक्सिजनले सेती प्रादेशिक अस्पतालमा सम्झौता अनुसार अक्सिजन नदिएको विषयमा पनि जिल्ला प्रशासन कार्यलय कैलालीको ध्यानाकर्षण भएको चौधरीले बताएका छन्। अस्पतालसँग बुझेर यो विषयमा पनि आवश्यक निर्णय गरिने उनले बताएका छन्।

यसअघि मालिका अक्सिजन ग्यास उद्योगले चर्को मुल्यमा सर्वसाधारणलाई अक्सिजन बिक्री गरिरहेको र उद्योगले सानो सिलिन्डरमा ग्यास भरेबाफल ६ सय ५० रुपैयाँ र ठूलो सिलिन्डर सिलिण्डरमा ग्यास भरेबाफतको १ हजार ५ सय मुल्य लिइरहेको बताएको थियो।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?