नाकामा परीक्षण झन्झटिलो

पर्सा — एन्टिजेन किट सकिएपछि वीरगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट भित्रिनेको पीसीआर परीक्षण थालिएको छ । गत चैत २३ देखि सीमामा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।किट सकिएपछि वैशाख २८ पछि पीसीआर परीक्षण गर्न थालिएको सीमास्थित हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले बताए ।पीसीआर परीक्षण नतिजा आउन २÷३ दिनसम्म लाग्दा सीमाबाट भित्रिएकाको व्यवस्थापनमा समस्या भइरहेको छ । ‘एन्टिजेन परीक्षण गर्दा आफ्नै ल्याबमा १० देखि १५ मिनेटमै नतिजा निकाल्थ्यौं, त्यसले संक्रमितको पहिचान तत्कालै हुन्थ्यो,’ हवारले भने, ‘अहिले स्वाब नारायणी अस्पताल पठाउनुपर्छ । नतिजा आउन तीन दिनसम्म पनि लाग्छ ।’ नतिजा नआउन्जेल स्वाब दिएकालाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यहींको क्वारेन्टाइनमा पठाइने गरिएको उनले बताए ।

‘त्यसपछि स्वाब लिइएकाको अवस्थाबारे हामी जानकार हुँदैनौं, सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा बसे नबसेको बारे पनि यकिन हुँदैन,’ उनले भने, ‘यसरी जोखिम बढ्छ, उनीहरूमा संक्रमण भए परिवार र समाजमा कोरोना बिस्तार हुने ठूलो जोखिम हुन्छ ।’ चैत २३ देखि वैशाख २८ सम्म डेस्कमा १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १ सय ७ जना नेपाली र ८० भारतीय थिए । हाल पनि भारतबाट दैनिक भित्रिनेको संख्या ३० देखि ३५ जनासम्म छ ।

यो नाकाबाट दैनिक ४ सयको हाराहारीमा भारतीयहरू फर्किरहेका छन् । उनीहरूमध्ये अधिकांश राजधानी काठमाडौंका विभिन्न फर्निचर तथा इँट्टा उद्योगमा काम गर्ने मजदुर छन् । वीरगन्ज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले एन्टिजेन किट माग गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक आग्रह गरे पनि नआएको बताए । जिल्ला स्वास्थ्य प्रमुख कामेश्वर चौरसियाले एन्टिजेन किट सकिएको र प्रदेश आपूर्ति केन्द्रबाट एक÷दुई दिनभित्र आउने बताए ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?