धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने

धनगढी,८ जेठ । धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिदैं आएको धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले अक्सिजन प्लान्ट जडानका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता समेत गरिसकेको छ ।

कोरोना महामारीको समयमा अस्पतालले विरामीहरुको उपचारमा अक्सिजन अभावको समस्या चरम रुपमा झेलेकोले आफ्नै लगानीमा अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता गरेर काम अगाडी बढाईएको हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए।

अध्यक्ष सावदका अनुसार हस्पिटलमा अबको २५ दिनमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आउनेछ । अक्सिजन प्लान्टको क्षमता प्रति दिन ५० सिलिण्डर रहेको छ । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाईएको छ । माया मेट्रोमा अक्सिजन प्लान्ट जडान भएमा यो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजि अस्पताल हुनेछ ।

अस्पतालमा हाल १२ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्। भने ४२ जना संक्रमित बिरामी निको भइ घर फर्किएका छन्। यस्तै अक्सिजन अभावकै कारण माया मेट्रो अस्पतालमा हालसम्म ४ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म १ सय जनाले सेवा लिएको अस्पताल व्यवस्थापनले जनाएको छ।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?