धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने

धनगढी,८ जेठ । धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिदैं आएको धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले अक्सिजन प्लान्ट जडानका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता समेत गरिसकेको छ ।

कोरोना महामारीको समयमा अस्पतालले विरामीहरुको उपचारमा अक्सिजन अभावको समस्या चरम रुपमा झेलेकोले आफ्नै लगानीमा अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता गरेर काम अगाडी बढाईएको हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए।

अध्यक्ष सावदका अनुसार हस्पिटलमा अबको २५ दिनमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आउनेछ । अक्सिजन प्लान्टको क्षमता प्रति दिन ५० सिलिण्डर रहेको छ । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाईएको छ । माया मेट्रोमा अक्सिजन प्लान्ट जडान भएमा यो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजि अस्पताल हुनेछ ।

अस्पतालमा हाल १२ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्। भने ४२ जना संक्रमित बिरामी निको भइ घर फर्किएका छन्। यस्तै अक्सिजन अभावकै कारण माया मेट्रो अस्पतालमा हालसम्म ४ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म १ सय जनाले सेवा लिएको अस्पताल व्यवस्थापनले जनाएको छ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?