दोस्रो संस्करणको पालिका स्तरीय क्रिकेट प्रतियोगिता फागुन २० गतेदेखि सञ्चालन हुने

बिकाश सिंह महता
 फागुन १२, कञ्चनपुर 

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा देशमै चिनपरित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि(२० प्रतियोगिताको मिति तय गरिएको छ।

महेन्द्रनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै स्थानिय स्तरीय दोस्रो कञ्चनपुर क्रीकेट कप(२०७७ यहि फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना गरिने कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले बताएका छन् ।
उनका अनुसार ुविश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा खेलकुद क्षेत्र नै धरापमा परेको यो समयमा सबै स्थानीय तह हरुको टिम सहयोगमा जिल्लामा क्रीकेट प्रतियोगिताको आयोजना हुन लागेको र प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौ पालिका मध्य २ वटा पालिका बाहेक ७ वटा स्थानीय तहको टिमको सहभागिता रहेको छ। प्रतियोगिता लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरि प्रतियोगिता फागुन २० देखि २६ गते सम्म संचालन हुने छ।ु जसमा यू(१९ उमेर समुहका ५ जना खेलाडी अनिवार्य रुपमा राख्नु पर्ने छ। जसले गर्दा एउटा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमका लागि एउटा यू(१९ खेलाडीलाई छनोट गरि टिम बनाउनमा भने ठूलो सहयोग पुग्ने देखिन्छ ।

सहभागीमा महाकाली नगरपालिका ,भीमदत्त नगरपालिका ,बेदकोट नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको टिम रहेका छन् । समूहू एू मा भीमदत्त ,बेलौरी ,शुक्लाफाटा र बेलडाँडि रहेका छन। समुह ूबिू मा बेदकोट,दोधारा चादनी र कृष्णनगपालिका रहेका छन् ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।

अध्यक्ष चन्दले भन्ने ुप्रतियोगितामा सहभागी हुने टिमका लागि कञ्चनपुर जिल्ला क्रीकेट संघले खेल पोशाक दिने र प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्र देखि लिएर पहिचान झल्काउने खालको फोटो समेत राखेको आयोजकले बताएको छ। जसले खेलकुद क्षेत्रलाई मात्र नभएर एउटा पर्यटन प्रबर्द्धन लाई समेत सहयोग पुग्ने छ।ु
पत्रकार सम्मेलनमा कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द,संघका कोषाध्यक्ष भुवन पन्त,सदस्य विशाल सोनार,पुर्व खेलाडी एवं संघकी सदस्य माया रावत साउँद ,सदस्य एवं जिल्ला प्रशिक्षक बिरेन्द्र शाही र स्कोरर नरेन्द्र राज भट्ट लगायत खेलाडीको उपस्थिति रहेको थियो।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?