पर्यटन प्रवर्द्धन गर्न शुक्लाफाँटा महोत्सव आज बाट सुरु

महेन्द्रनगर  फाल्गुन ,९         शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ।

‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित सुरु महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले औपचारिक कार्यक्रमकाबीच महोत्सव उद्घाटन गरेका छन्। उनले महोत्सवबाट शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसार भएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धनका हिसाबले निकै महत्वपूर्ण ठाउँ हो, यसको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको छ’ उनले भने, ‘यो महोत्सवबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छु।’

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले शुक्लाफाँटा निकुञ्ज सुदूरपश्चिम प्रदेशको ठूलो पर्यटकीय स्थल भएकाले पर्यटन प्रवर्द्धनलाई मध्यनजर गरी महोत्सव गरिएको बताए।

‘यो शुक्लाफाँटा निकुञ्ज महत्वपूर्ण पर्यटकीय सम्पदा हो, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार आवश्यक छ’ उनले भने,‘यो महोत्सवबाट यसको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने आशा लिइएको छ।’

महोत्सव अन्तर्गत ११ गते विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता राखिएको छ। फागुन १२ र १३ गते झोलुङ्गे पुलदेखि एयरपोर्टसम्म साइकल रेस प्रतियोगिता, निकुञ्ज भ्रमण गराउने कार्यक्रम छ।

यसैगरी १३ र १४ गते विभिन्न क्षेत्रमा योगदान पुगाउने विशिष्ठ व्यक्तित्वलाई हात्ती सफारी र भ्रमण गराइनेछ। महोत्सवको अन्तिम दिन फागुन १५ गते पुरस्कार वितरण गरी महोत्सव समापन गरिनेछ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?