भीम रावल भन्छन्ः ‘प्रेम आले मन्त्री भए पछि वनतस्कर खुसि भए, रूख र जनावर त्रसित छन्’

महेन्द्रनगर ।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) का स्थायी कमिटी सदस्य डा. भीम रावलले वनमन्त्रीका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध तीखो व्यंग्य गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूले नियुक्ति गरेका वनमन्त्री प्रेम आले मगरबाट यतिबेला वन तस्कर त्रसित भएको भनेर भाषण गरेको भन्दै नेता रावलले यसको उल्टोचाहिँ भएको टिप्पणी गरेका हुन्।

‘प्रधानमन्त्रीले मैले यस्तो वनमन्त्री बनाएको हुनाले त्यहाँ तस्करी गर्नेहरू त्रसित छन् भन्नुभएको छ,’ नेता रावलले भने, ‘तर त्यसको उल्टो वन तस्करहरू खुसी होलान्। यहाँ रूख, वृक्ष र तिनको छहारीमा बस्ने सबै जन्तु, जनावरचाहिँ त्रसित छन्।’

वन तस्करी मुद्दामा अदालतबाट ९ लाख धरौटीमा छुटेका मानिसलाई प्रधानमन्त्री ओलीले वन मन्त्रालयको जिम्मेवारी दिएर गलत काम गरेको टिप्पणी गरेका हुन्।

शुक्रबार प्रेस संगठन (कञ्चनपुर) ले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘मलाई लाग्छ, शुक्लाफाँटादेखि लालझाँडीसम्मका रूखहरू एकदम त्रसित छन्।’

नेकपाको प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधि सभा भंग गरेको नेता रावलले आरोप लगाए।

‘जनताले ५ वर्षका लागि आफ्नो अमूल्य अभिमत दिएर निर्वाचित गरेको प्रतिनिधि सभालाई प्रधानमन्त्रीले संविधान मिचेर, संविधानको धारा ७६ लाई अपव्याख्या गरेर चालिएको संसद विघटनको कदम असंवैधानिक छ,’ उनले भने।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?