भीम रावल भन्छन्ः ‘प्रेम आले मन्त्री भए पछि वनतस्कर खुसि भए, रूख र जनावर त्रसित छन्’

महेन्द्रनगर ।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) का स्थायी कमिटी सदस्य डा. भीम रावलले वनमन्त्रीका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध तीखो व्यंग्य गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूले नियुक्ति गरेका वनमन्त्री प्रेम आले मगरबाट यतिबेला वन तस्कर त्रसित भएको भनेर भाषण गरेको भन्दै नेता रावलले यसको उल्टोचाहिँ भएको टिप्पणी गरेका हुन्।

‘प्रधानमन्त्रीले मैले यस्तो वनमन्त्री बनाएको हुनाले त्यहाँ तस्करी गर्नेहरू त्रसित छन् भन्नुभएको छ,’ नेता रावलले भने, ‘तर त्यसको उल्टो वन तस्करहरू खुसी होलान्। यहाँ रूख, वृक्ष र तिनको छहारीमा बस्ने सबै जन्तु, जनावरचाहिँ त्रसित छन्।’

वन तस्करी मुद्दामा अदालतबाट ९ लाख धरौटीमा छुटेका मानिसलाई प्रधानमन्त्री ओलीले वन मन्त्रालयको जिम्मेवारी दिएर गलत काम गरेको टिप्पणी गरेका हुन्।

शुक्रबार प्रेस संगठन (कञ्चनपुर) ले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘मलाई लाग्छ, शुक्लाफाँटादेखि लालझाँडीसम्मका रूखहरू एकदम त्रसित छन्।’

नेकपाको प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधि सभा भंग गरेको नेता रावलले आरोप लगाए।

‘जनताले ५ वर्षका लागि आफ्नो अमूल्य अभिमत दिएर निर्वाचित गरेको प्रतिनिधि सभालाई प्रधानमन्त्रीले संविधान मिचेर, संविधानको धारा ७६ लाई अपव्याख्या गरेर चालिएको संसद विघटनको कदम असंवैधानिक छ,’ उनले भने।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?