केरोनाले एकैदिन १२४८ को मृत्यु, ४८ हजारभन्दा बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ  ।

बिहीबार राति १०ः४० मा सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  ८६ हजार नाघेको छ ।  बिहीबार सार्वजनिक  एकैदिनको मृतक संख्या महामारी यताकै तेस्रो सबैभन्दा बढी हो । नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजाए १५  पुगेको छ । यो संख्या कोरोना संक्रमित भएको २८ दिनभित्र मृत्यु भएकाहरुको  तथ्याँकमा आधारित छ ।

एक हप्ताभित्र तीन हजार ४१७ जनाको मृत्यु भएको छ  । बुधबार एकैदिनमा एक हजार ५६४ जनाको मृत्यु भएको थियो जुन बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दर अत्यधिक रुपमा बढेसँगै  फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?