ज्येष्ठ नागरिक स्याहार्दै भूपू सैनिक बहादुर सिंह

महेन्द्रनगर । प्रायः धेरैको सपना र योजना हुन्छ, सरकारी सेवाबाट सेवानिवृत्त भएपछि घरपरिवारसित आरामको ‘रिटायर्ड लाइफ’ बिताउने । तर कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउँजीका बहादुरसिंह विष्ट भने सेनाको जागिर सकेर घर आएको तीन दिनमै यहाँको वद्धाश्रममा ज्येष्ठ नागरिकको सेवामा सर्मपित भएका छन् ।

बाह्र बर्षअघि नेपाली सेनामा १६ वर्ष जागिर गरेर घर आएका भूपू सैनिक ५३ वर्षीय विष्ट पत्नीसहित निरन्तर वृद्धाश्रममा आश्रय लिन आउने वृद्धवृद्धाको सेवामा खटिएका छन् । वेदकोटको चुरेफेदमा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा सेवारत भूपू सैनिक विष्टले २०६४ सालदेखि वृद्धाश्रममा आएको बताए ।

“दुबइ सुरक्षा गार्डमा जाने भनेर तयारी थियो”, विष्टले भने, “वृद्धाश्रममा सेवा गर्दैजाँदा विदेशको कमाइभन्दा वृद्धाश्रमको सेवाले आनन्दित बनायो ।” पत्नी रम्वादेवी विष्टसहित वृद्धाश्रममा ज्येष्ठ नागरिकको स्याहारमा खटिएका विष्टले हरेक दिन आफू यहाँको समग्र सरसफाइदेखि वृद्धवृद्धाको नुहाउने, कपडा धुने र बिरामी पर्दा उपचारका लागि लैजाने गरेको बताए । “विसं २०६५ मा एक जना वृद्ध आमा राखेर यो वृद्धाश्रम सञ्चालनमा आएको थियो”, उनले भने, “अहिले अशक्तसमेत गरेर १५ जना आश्रित हुनुहुन्छ ।”

केही समयअघिसम्म जङ्गली जनावरको समेत त्रास रहने वृद्धाश्रम क्षेत्रमा केही समयअघि महेन्द्रनगरका युवा व्यवसायी दिनेश मल्लको सामग्री सहयोग र यहाँस्थित सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको जनशक्तिको सहयोगमा वृद्धाश्रमको चौतर्फी पक्की पर्खाल निर्माण गरिएको थियो ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले केही भवन संरचनाहरु निर्माण गरिदिएको छ भने बेदकोट नगरपालिकाले ६ कोठे भवन निर्माण गरिरहेको विष्टको भनाइ छ । “शरीरमा ताकत सकिएपछि थला पर्ने बेला आउनुहुने आमाबुबाको सेवा गर्न पाउनु नै मेरा लागि ठूलो विषय हो”, विष्टले भने, “ज्येष्ठ नागरिकको सेवा गर्नु सबैले दायित्व सम्झिनुपर्छ ।”

पछिल्ला वर्षमा वृद्धाश्रममा जन्मदिन, विभिन्न दिवस तथा अवसर पारेर सरकारी तथा गैरसरकारी निकाय र दाताको सहयोगले चलेको छ । “वार्षिक रुपमा अलिकति बजेट नगरपालिकाले पनि दिने गरेको छ”, उनले भने, “विस्तारै वृद्धाश्रम समृद्ध बन्दै गएको छ ।”

गाउँमा पाँच कठ्ठा जमिनमा हुने खेतीपातीबाट जीविका चलाउँदै आएका विष्टले छोरो भारतमा मजदूरी गर्ने गरेको बताए । “यहाँ सुरुमा मैले निःशुल्क रुपमा काम गरे”, उनले भने, “अहिले समितिले हामी दम्पतीलाई रु १५ हजार पारिश्रमिक दिने गरेको छ ।”नेपाली सेनाबाट आफूसित सेनानिवृत्त भएर आएका सहपाठी कोही विदेश र केहीले स्थानीयस्तरमै व्यापार÷व्यवसाय सम्हालेको उनको भनाई छ । रासस

 

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?