कञ्चनपुरमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु, समुदायमा त्रास

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका ६ बिरामीको मृत्यु भएको छ ।

दुई साताको अवधिमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए ।

उनका अनुसार उच्च ज्वरो देखिएपछि रेफर गरिएका महाकाली नगरपालिका–६ की १३ वर्षीया पुजा बोगटी, वडा नम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडानम्बर ४ का २१ वर्षीय प्रेम चन्द, वडा नम्बर १ का १५ वर्षीय पंकज चन्द, वडा नम्बर ३ का १३ वर्षीय रेशमी खड्का र वडा नम्बर १ का ३३ वर्षीय पुरुषको उच्च ज्वरोका कारण मृत्यु भएको हो ।

ज्वरो आएपछि उपचारका लागि नगरपालिका स्थित दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका उनिहरुलाई अन्यत्र रेफर गरिएको थियो । अन्यत्र अस्पतालमा रेफर गरिएका उनीहरुको केहीको उपचार तथा केहीको अस्पतालबाट घर आए पछि मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

‘सुरुमा ४ जनाको मृत्यु भएको खबर आएको थियो । पछिल्लो जानकारी अनुसार रेफर गरिएका ६ जनाकै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’ उनले भने ।

मृत्युको कारण अझै पहिचान हुन सकेको छैन् । उच्च ज्वरो सहित अज्ञात रोगले दुई साताको अवधिमा ६ जनाको मृत्यु भए पछि स्थानीयमा त्रास फैलिएको छ ।

अहिलेसम्म त्यस्ता लक्षणका ९ बिरामी अस्पतालको सम्पर्कमा आएका छन् । तीमध्ये ६ जनाको मृत्यु भएको छ । एक जनाको सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

दुई जना निको भएर घर फर्केका छन् । ‘साउन अन्तिमदेखि भदौँको ६/७ गतेसम्म त्यस्तो समस्या लिएर बिरामी अस्पताल आएको थिए । तर त्यस पछि कोही पनि आएका छैनन् ।’ उनले भने ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको खुलेको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ । यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

‘उच्चज्वरो कोरोना भाइरसको लक्षण भए पनि अन्य लक्षण भने कोरोना भाइरससंग नमिलेका कारण स्वाब लिएनौँ । अहिले उहाँहरुको अन्त्यष्टी भइसकेको छ,’ उनले भने, ‘मृतकमध्ये एक जनामा मस्तिष्क ज्वरो पुष्टि भएकाले पनि स्वाब नलिइएको हो ।’ उनका अनुसार मृतकहरुमा उच्च ज्वरो सहित मस्तिष्क ज्वरोका प्रमुख लक्षण देखिएका थिए ।

‘उच्च ज्वरो कोरोनाको लक्षण पनि हो तर ज्वरोसंग अरु कुनै लक्षण नदेखिएकाले हामीले स्वाब लिएनौँ । रेफर गरिएका अस्पतालले स्वाब लिएका हुनसक्छन् ।’ उनले भने, ‘पोजेटिभ वा नेगेटिभ रिपोर्ट के आयो भनि जानकारी अहिलेसम्म आएको छैन् ।’ मृतकहरुको आन्तरिक ट्राभल हिस्ट्री रहेको छ ।

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्चज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ ।

‘त्यस्तो अवस्थामा कोरोनाको आशंका हुन्छ । स्वाब संकलन गर्नु पथ्र्यो,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले भने, ‘शंकास्पद बिरामी आए स्वाब लिन निर्देशन दिएका छौँ ।’

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?